काठमाडौं, २९ जेठ । अन्तरराष्ट्रिय अपराधिक कार्यमा संलग्न रहेको आशंकामा नेपाल प्रहरीले एक चिनियाँ नागरिकलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ ।
जेठ २२ गते त्रिुभवन अन्तरारराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका चीनियाँ नागरिक फेङचेङ वेन अन्तरराष्ट्रिय अपराधमा संलग्न भएको हुन सक्ने आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको बताएको हो ।
गत जेठ २० गते नेपाल आएका उनी जेठ २२ गते मलेसियाको राजधानी क्वालालम्पुर जाने क्रममा विभिन्न देशको गरी करिव ६० लाख रुपैयाँ सहित पक्राउ परेका थिए । विमानस्थल सुरक्षामा खटिएको प्रहरीले जाँच गर्दा उनको साथबाट विभिन्न मुलुकका अवैध मुद्रा फेला परेको महानगरिय प्रहरी श्रोतबाट बुझिएका छन् ।
प्रहरीका अनुसार उनको साथबाट नेपाली रुपैयाँ ९ लाख ८ हजार, भियतनामी मुद्रा ४० लाख ५० हजार, कम्बोडियन रियल ५ हजार, भारतीय रुपैयाँ ८ हजार ४ सय ६०, लावसियन मुद्रा २ लाख ५० हजार, सिङ्गापुर डलर २ सय ४२, मलेसियन रिङ्गेट ३ सय ५१, चिनियाँँ २१ युआन, अमेरिकी डलर २ हजार र थाई भाट १ लाख १३ हजार बरामद गरेको थियो ।
प्रहरीले फेङचेङ वेनलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पठाएको छ । राजस्व अनुसन्धान विभागले भने विदेशी मुद्रा अपचलन मुद्दामा अनुसन्धान थालेको छ । विभागको अनुसन्धानबाट फेङचेङले सिटिजन्स बैंक इन्टरनेसनलमा १ करोड २ लाख रुपैयाँ डिपोजिट गरेको समेत देखिएको छ ।
उनीसँग नगद बाहेक बैंकमा समेत १ करोड २ लाख रुपैयाँ डिपोजिट गरेको देखिएको छ । उनले प्रहरी र विभागका कर्मचारी सँग बयानमा कुनै कुरा बताएका छैनन् । दोभाषेको प्रयोग गर्दा समेत उनले बोल्न अस्वीकार गरेको विभागले जनाएको छ ।
प्रहरीले उनको मोबाइलको पनि अनुसन्धान थालेको छ । पछिल्लो समय चिनियाँ नागरिकले नेपाललाई आपराधिक थलोको रूपमा प्रयोग गरेर आपराधिक गतिविधि बढाएको प्रहरीको तथ्यांकले देखाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन