काठमाडौं, २९ जेठ । विभिन्न विदेशी मिडिया रिपोर्टका अनुसार भारतीय उद्योगपति गौतम अदानीको कम्पनीले चिनियाँ कम्पनी संग मिलेर नेपालमा लगानी गर्ने तयारीमा जुटेका छन् ।
विश्वकै सर्वाधिक धनी मध्येका एक अदानीको ग्रुपको उक्त कम्पनीले चिनियाँ कम्पनी संग मिलेर मुख्यतः तीन परियोजनामा लगानी गर्नेबारे छलफल गरिरहेको स्रोतले जनाएको हुन् । सौर्य उर्जा, जलविद्युत आयोजना र प्रसारण लाइनमा लगानी गर्ने तयारी स्वरुप छलफल अघि वढिरहेको र त्यसका लागि सहकार्य गर्ने कम्पनीहरुको खोजी भइरहेको अदानी ग्रुपका एक सुत्रले वताए ।
अदानी ग्रुपले यसअघि पनि सौर्य उर्जाको लागि नेपालमा लगानी गर्ने जनाएको थियो । त्यस्तै, नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकसँग मिलेर प्रसारण लाइनको लागि लगानी गर्ने विषयमा पनि सो समूहले छलफल गरेको थियो । खासगरी पूर्व–पश्चिम प्रसारण लाइन र मेगा जलविद्युत आयोजनामा अदानी ग्रुपको चासो छ । मुगु कर्णाली जलविद्युत आयोजना र कर्णालीको चिसापानी बहुउदेश्यीय आयोजनामा अडानी ग्रुपले चासो राखेको छ ।
मुगु कर्णाली १ हजार ९ सय मेगावटाको जलविद्युत आयोजना पनि हो । यसको डीपीआरका लागि अदानी ग्रुपले चासो राखेको छ । यसैगरी, नेपाल र भारत दुवैतिर सिंचाइ परियोजना चलाउन सकिने र १० हजार मेगावाट भन्दा बढी विद्युत् उत्पादन गर्न सकिने कर्णालीकै चिसापानी बहुउदेश्यीय आयोजनामा पनि अदानी ग्रुपको चासो छ ।
अदानी ग्रुपले नेपालमा लगानी तथा प्राविधिक सहकार्यको लागि भने चिनियाँ कम्पनीसँग छलफल गरिरहेको छ । चीनको निर्माण क्षेत्रमा लगानी तथा अध्ययन गर्ने सिनोमा इन्टरनेसनल कम्पनीसँग लगानी सहकार्यकोे लागि छलफल भईरहेको जनाईएको छ । चिनियाँ सिनोमा कम्पनी टेक्नोलोजी र इन्जिनियरिङ प्लाटफर्म होे । सिमेन्ट प्रविधि, उपकरणका लागि विश्वको अग्रणी सेवा प्रदायक कम्पनीमा पर्ने यो इन्जिनियरिङ प्रणाली एकीकरण, चीनको उच्च प्रविधि र प्राविधिक नवप्रवर्तन प्रदर्शन गर्ने कम्पनीमा पर्छ ।
यस कम्पनीले हालसम्म ८० भन्दा बढी देशहरूमा सिमेन्ट उत्पादन गरिरहेको छ । अदानी ग्रुपले कुन परियोजनामा लगानी गर्ने भनेर अहिलेसम्म कुनै प्रस्ताव भने नेपाल सरकारका निकायमा पेश गरेको छैन । लगानीका लागि नेपाल लगानी बोर्ड तथा उद्योग विभागमा प्रस्ताव गर्नु पर्ने हुन्छ ।
लगानी बोर्डका सीईओ सुशील भट्टले अदानी ग्रुपले लगानी गर्न चाहेको विषयहरु सुन्नमा आए पनि आधिकारिक रुपमा कुनै प्रस्ताव भने नआएको बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन