सर्लाही, ५ असार । सर्लाही प्रहरीले श्रोत नखुलेको १६ लाख भन्दा बढि रकम सहित दुई जनालाई मलंगवाबाट पक्राउ गरेको छ ।
जिल्ला प्रहरी मलंगवाका अनुसार भारत सोनबर्साबाट विआर ३० एस २०८६ नम्बरको भारतीय मोटरसाइकलमा सबार दुई जना व्यक्तिलाई मलंगवा नगरपालिका वडा नम्वर ८ स्थित गोरखकाली चोकमा चेकजाँच गर्ने क्रममा १६ लाख भन्दा बढि रकम सहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
प्रहरी बरिष्ठ नायव निरीक्षक अरुणकुमार यादव र गोरखकालीका प्रसनी हसमुद्दिनको कमाण्डमा खटिएको संयुक्त टोलीले मोटरसाइकलमा सबार मलंगवा नगरपालिका वडा नम्वर ४ का ३५ बर्षिय विरेन्द्र प्रसाद चौधरी र वडा नम्वर २ का ४० बर्षिय नागेन्द्र ठाकुरको शरिरबाट १६ लाख ५० नेपाली रुपैया र २६४० भारतीय रुपैया बरामद भएको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता एवं डिएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिए ।
पक्राउ परेका दुवै जनाको साथबाट दुई थान मोवाइल, श्रोत नखुलेको रकम र मोटरसाइकल सहित प्रहरी हिरासतमा राखेर आवश्यक अनुसन्धान भईरहेको डिएसपी थारुले बताए ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन