तराई टप संवाददाता
सर्लाही, १२ असार । सर्लाहीको इश्वरपुर नगरपालिकाको एक वडाध्यक्षलाई शुक्रवार राति जिउदै खाल्डोमा पुरी हत्या गरिएको छ ।
इश्वरपुर नगरपालिका वडा नम्वर ३ भक्तिपुरको ५५ बर्षिय वडाध्यक्ष सुर्यकुमार श्रेष्ठको जेसिभी चालक संग भएको विवाद पछि गएराति निजको जिउदो खाल्डोमा पुरेर हत्या गरिएको हो ।
भक्तिपुरमा पोखरीको स्तरन्नोती गर्ने काम भईरहेका थिए । राती अबेरसम्म वडाध्यक्ष श्रेष्ठ, पोखरी स्तरन्नोती गर्न ठेक्का लिएका ठेकेदार प्रेमराज दाहाल र जेसिबी चालक रविन भन्ने हर्कबहादुर तामाङ नजिकैको होटलमा सँगै बसेर खाजा खाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
गए राती १० बजेपछि खाजा खाएर फर्किने क्रममा जेसिबका चालक तामाङसँग वडाध्यक्ष श्रेष्ठको विवाद भए । सो विवाद चल्दै उनीहरु क्रममा पोखरी खनेको स्थानमा पुगेपछि चालक तामाङले वडाध्यक्ष श्रेष्ठलाई जेसिभीको बकेटले ठक्कर दिएर लडाएको र त्यसपछि जिउदै माटोले पुरेको सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले बताए ।
कुनै पूर्व योजना नभई आवेशमा आई घटना भएको प्रारम्भीक अनुसन्धानबाट देखिएको उनले भने । घटनाको जानकारी पाउनासाथ तत्कालै प्रहरी टोली घटनास्थलमा पुग्दा खाल्डोमा पुरिएर अचेत अवस्थामा रहेका वडाध्यक्ष श्रेष्ठलाई जिल्ला अस्पताल मलंगवा पु¥याएपनि चिकित्सकले उनलाई मृत घोषणा गरे ।
प्रहरीले घटनामा संलग्न भएको आरोपमा जेसिभीका ठेकेदार ईश्वरपुर नगरपालिका–३ का ३५ वर्षीय पे्रमराज दाहाल र जेसिबीका चालक बरहथवा नगरपालिका वडा नम्वर १ का ३८ वर्षीय तामाङलाई नियन्त्रणमा लिएको बताए । दहाललाई घटना लगत्तै नियन्त्रणमा लिइएको तथा कत्र्तव्य गरी फरार रहेका चालक तामाङलाई शनिवार बिहान लालबन्दीबाट पक्राउ गरिएको एसपी राठौरले जानकारी दिए ।
पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय मलंगवाको हिरासतमा राखेर आवश्यक अनुसन्धान भईरहेको तथा मृतक वडाध्यक्ष श्रेष्ठको शव पोष्टमार्टमको लागि मलंगवा अस्पतालमा राखिएको प्रहरीले बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन