मौलापुर नगरपालिकामा पानीको बिषयलाई लिएर हिंसक झड्प १५ जना घाईते

527 Shares

तराई टप संवाददाता
रौतहट, १२ असार । रौतहटको मौलापुर नगरपालिका १ मर्यादपुरमा पानीको बिषयलाई लिएर शनिवार दुई पक्ष विच हिंसक झड्प हुँदा महिला पुरुष गरी १५ जना घाईते भएको छन् ।
मौलापुर नगरपालिकाको मर्यादपुर गाउँ बस्ने भुवाल साह सोनारको घरको आगनमा जमेको बर्षाको पानी निकास गर्न छिमेकीको धानको विउ रोपिएको जग्गामा खोलेको हुँदा छिमेकी हृदयनाराय यादव संग बादविवाद भई दोहरो हिंसात्मक झड्प भएका हुन् ।
उक्त हिसात्मक झड्पमा परेर साह तर्फ ८ र यादव पक्षको ७ गरी १५ जना घाईते भएको प्रहरीले जानकारी दिए । घाईते सवैको स्थानीय अस्पतालमा उपचार भईरहेको हुँदा उनीहरुको अवस्था खतरामुक्त रहेको बताइएको छ ।

पीडित भुवाली साह सोनारका अनुसार सामान्य बिवादमा बिपक्षी हृदय नारायण यादवको पक्षमा मौलापुर १ मर्यादपुरका वडा अध्यक्ष रामप्रवेस यादव र उनका दर्जनौं मानिस बांसको लाठी, भाठा र घाँस काट्ने हतियार समेतले घरमा पसेर पुरुष,महिला र बालबालिका समेत लाई गम्भीर रूपमा कुटपिट गरेका थिए ।
भुवाली साह सोनार पक्षका भरत साह सोनार,नयन देवि, सुहन साह सोनार,अन्जु देविको टाउकोमा चोट लागेको छ।
त्यसैगरी श्यामा देवि,किसुन साह सोनार,रामजी साह सोनार, धर्मेन्द्र साह लगायतलाई चोटपटक लागेको र दुईजनाको हात भांचेको भुवाली साहले बताए ।
घाइते सबैजनाको मौलापुर स्थित एक क्लिनिकमा उपचार भैरहेको छ
घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेकाले उनिहरुलाई थप उपचारको लागि बिरामी पठाउने तयारी भैरहेको प्रहरीले जनाएको छ । उता हृदय नारायण यादव,जगरनाथ कुश्वाहस,पन्नालाल यादव ,शिवपुजन महतो,रमिता देवि,असिया देविलाई सामान्य चोटपटक लागेको प्रहरीले बताए ।
असार १० गते मौलापुर नगरपालिकाको नगर अधिवेशन विषय लिएर नेकपा एमाले माधव समुह, नेपाली काँग्रेस, उपेन्द्र यादव जसपा र माओवादी केन्द्र गरी चार दल एकत्रित भई योजनाबद्ध तवरबाट विथोल्न खोज्दा नकपा एमाले पक्षधर विच झड्प भएका थिए । सोही घटनालाई लिएर पानीको बिषय एउटा बहाना मात्रै भएको जानी जानी हाम्रा कार्यकर्ताहरु माथि निर्घात कुटपिट गरी मरणासन्न अवस्थामा पुर्याएको हुँदा दोषिहरुलाई अबिलम्ब पहिचान गरेर कारवाही गरिनुपर्ने जिल्ला प्रशासन कार्यालय रौतहटको ध्यानाकर्षण गराए पूर्व मन्त्री प्रभु साहले ।


मौलापुर क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरेर हिंसक झड्प गराउने र उक्त समुहमा सहभागी भएकाहरुको पहिचान गरी नियन्त्रणमा लिने दाबी गर्दै एसपी शाहले कानुन भन्दा कोही माथि नरहेको हुँदा यस्ता अराजक गतिविधिमा नलाग्न तथा लागेको व्यक्तिहरु विरुद्ध कडा कारवाही हुने बताए । अहिले सम्म प्रहरीले घटनामा संलग्न रहेको आरोपमा सुरेन्द्र यादव र शिवपुजन महतोलाई नियन्त्रणमा लिइसकेको तथा अन्यको खोजी कार्य जारी रहेको जानकारी गराए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।