रौतहट, १० । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री माधवकुमार नेपालले जनता प्रति उत्तरदायी भई निस्वार्थ भावनबाट समर्पित भई स्थानीय तहमा सिंहदरवारको अवधारणालाई अक्षरश पालना गरेर अघि बढ्नुपर्ने आग्रह गरे ।
गौर नगरपालिकाको १२ औं नगर अधिवेशनलाई सम्बोधन गर्दै संघिय लोकतान्त्रिक गणतन्त्रमा स्थापित भएको स्थानीय तहको मुल मर्मलाई आत्मसाथ प्रत्येक नागरिकलाई सिंहदरबारको अवधारणा महसुस गर्ने गरी रचनात्मक काम गरेमा मात्रै जनताहरुको हृदय जित्न सकिने बताए ।
पालिकाको विभिन्न वडाहरुमा जनप्रतिनिधिलाई राम्रो रचनात्मक काम गर्न सुझाव दिए । रौतहट क्षेत्र नम्बर १ का सांसद समेत रहेका नेता नेपालले राम्रो काम गर्ने नगरपालिका, गाउँ पालिकालाई थप विकास रकम उ्पल्बध गराउन नेपाल सरकार संग माग समेत उनले गरे ।
नेता नेपालले नगरपालिकाका गरिब घर परिवारलाई पहिचान र परिचयपत्र प्रदान गरेर रोजगारीको अवसर प्रदान गर्न गौर नगर प्रमुखलाई सुझाव दिदै विकासको पर्यायवाची बनेका शिक्षा, स्वास्थ्यका क्षेत्रमा आमूल परिवर्तन गरेर बैज्ञानिक शिक्षा र स्वास्थ्यको आवश्यक रहेको हुँदा त्यस तर्फ प्रत्येक पालिका प्रमुखहरु अग्रसर भई दिर्घकालिन कार्यहरु गर्न समेत उनले अपिल गरे ।
रौतहट जिल्लामै ठुलो समस्याको रुपमा देखिएको मिटर व्याजी पिडितको पक्षमा स्थानीय प्रशासनलाई छिटो छरितो ढंगले काम गर्न आहवान गर्दै मिटर व्याजको रकम खानेहरु थोरै दिनमा धेरै कामाउनेहरुलाई गोरख धन्धा बन्द गर्न भन्दै उनले मरेर गएपछी के लिएर जानु हुन्छ सचेत गराउदै गरिबलाई दुख दिएर पैसा कमाउने अर्काको सम्पति लिलाम गर्ने, बेच दिने, हडपने जस्ता कार्य तत्काल रोक्न पुर्व प्रधानमन्त्री समेत रहनु भएका नेता नेपालले सम्बन्धित व्यक्तिहरुलाई ध्यानाकर्षण गराए ।
गृह नगरमा विकासका गतिविधिले तिब्रता पाएको सुन्दा र हेर्दा आफूलाई निकै खुशी लागेको बताउदै वित्तिय सुशासन कार्यमा गौर नगरपालिका मधेस प्रदेशमा पहिलो भएकोमा जनप्रतिनिधि तथा कर्मचारीलाई बधाई दिए ।
गौर नगरप्रमुख शम्भुसाह ले नगर अधिवेशनमा आर्थिक वर्ष ०८०÷०८१को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन । सो बजेट तथा नगर अधिवेशन सफलताको लागि कार्यक्रमका विशिष्ट अतिथि प्रदेश सभा सदस्य नागेन्द्र साह र सविधान सभा सदस्य सरला यादवले शुभकामना दिए ।
सो अवसरमा नगरपालिकाका नगर उपप्रमुख शैलदेवीको तर्फबाट नगर प्रवक्ता अर्जुन सिहले आर्थिक वर्ष २०८०÷०८१ को लागि ६८ करोड ३६ लाखको बजेट प्रस्तुत गर्नु भएको थियो ।