काठमाडौं, १२ असार । जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रदीप यादवले काठमाडौं महानगरपालिकाको मेयर बालेन्द्र साह गाँजा खाएर भारत विरुद्ध गलत धारणा राख्दै स्टण्टबाजी गर्दै आएको गम्भीर आरोप लगाएका छन् ।
महानगरपालिकाको मेयर जस्तो पदमा बसेर छिमेकी देश भारत माथि दुष्प्रचार गरेर के सावित गर्न खोजेको हो, मेयर साहले गाँजा खाएर भारत विरुद्ध अनर्गल प्रचारबाजी गरेर काठमाडौंमा आफूलाई के सबित गर्न खोजेको हो भने गम्भीर आरोप उनले लगाएका हुन् । संघिय संसद भवन बाहिर केही संचारकर्मीहरु संग कुरा गर्दै जसपाको प्रमुख सचेतक यादवले मेयर बालेन्द्र साह गाँजा खाएर जथाभावी लेख्ने र स्टण्टबाजी गरिरहेको हुँदा त्यसो नगर्न सलाह सुझाव दिएको छ ।
मेयर साहमाथि बेला बेला गाँजा खाएर जथाभावी बोल्ने तथा स्टण्टबाजीबाट मुलुक र महानगरपालिकाको छवीलाई धुमिल पार्ने कठित षड्यन्त्र गरिरहेको समेत उनले आरोप लगाए ।
सचेतक यादवले नेपालको संविधान र कानुन अन्तर्गत मेयर पदमा पुगेको व्यक्तिले नै कानुनी शासन मान्दिन, अदालत मान्दिन भन्नु गलत भएको यादवले बताए । अभिव्यक्ति सच्याएर अघि बढ्न उनले भने । अदालतको निर्णय मानेर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो । फैसन डिजाइनरबाट मुलुक नचल्ने यादवले तर्क दिए । भारतको खाली गाली गरेर सस्तो लोकप्रियता हासिल गर्नु फैसन डिजाइनको संज्ञा दिए ।
ग्रेटर नेपालको नक्सा राख्नु, आदिपुरुष फिल्मको सम्वाद संशोधन भइसक्दा पनि सबै हिन्दी फिल्म चल्न दिन्न भन्नु सस्तो लोकप्रियता भएको बताए । ’भारतको गीत सुन्ने, गाँजा खाने, गाँजा खाएर कुरा गर्ने, गाँजा खाएको तालमा जे पनि बोल्ने ? अब कति नागरिकलाई मुर्ख बनाउने ?’ उनले प्रश्न गरे ।
बालेन्द्रले संरचना ध्वस्तमात्रै गर्दै हिँडेको, काम केही नगरेको, सस्तो लोकप्रियताका लागि स्टन्ट गर्दै हिँडिरहेको यादवको टिप्पणी थियो । भारतसँगको समस्या सम्वादबाट समाधान गर्नुपर्नेमा सस्तो लोकप्रियतामै सीमित भइरहेको बताए । ईपीजीमा सीमा क्षेत्रको ज्ञान नै नभएकालाई राख्दा अहिले समस्या भएको र त्यो लागु हुन नसक्ने जिकिर गरे ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट