रौतहट, २९ असार । देवाही गोनाही नगरपालिकाको कर्कच कर्मैैया गाउँमा विहिवार राति धारिलो हतियारबाट घाँटी रेटेर युवकको हत्या भएको छ ।
रौतहटको देवाही गोनाही नगरपालिका वडा नम्वर ६ कर्कच कर्मैया गाउँमा घरमा सुतिरहेका ३५ बर्षिय युवक जगरनाथ साह कानुलाई अज्ञात समुहले धारिलो हतियारले घाँटी रेटेर विभत्स रुपमा हत्या गरिएको हो ।
ईलाका प्रहरी कार्यालय देवाहि गोनाहीका प्रहरी निरीक्षक गोविन्दकुमार साहका अनुसार घटना गएराति ११ देखि १२ बजेको बीचमा भएको हुनसक्ने आशंका व्यक्त गरे । घटना पछि मृतक कानुको श्रीमतीले थाहा पाएपछि गएराति २.१५ मिनेटमा खबर गरेपछि प्रहरी टोली घटनास्थलमा पुगको बताए ।
घरमा सुतिरहेका कानूलाई हत्या गर्दा कसैलेपनि थाहा पाउन नसक्नु रहस्य बनेको छ । घटना बारे पहिलो जानकारी पाउने मृतककी श्रीमतीको अवस्था ठिक नहुँदा तत्काल बढी सोधपुछ गर्न नसकेको इन्सपेक्टर साहले जानकारी दिए ।
यसैबीच घटनास्थल कर्कच कर्मैयामा केहीबेर अघि मात्र पुगेका ईलाका प्रहरी कार्यालय गरुडाका प्रमूख डिएसपि ओमप्रकास खनालले घटनाको अनुसन्धानका लागी प्रदेश प्रहरी कार्यालय जनकपुर बाट तालीम प्राप्त कुकुर झिकाइएको बताए ।
रातिको घटना कसरी भयो अनुसन्धानको विषय हो तत्काल हामी घटनास्थलको आसपासमा सुरक्षा गरी बसेका छौं कुकुरको सहयोगमा थप अनुसन्धान अघि बढेपछि केही भन्नमिल्ने डिएसपि खनालले स्पष्ट पारे ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन