रौतहटमा अपराधिक घटनामा वृद्धि, शुक्रवार राति मुडबलवा गाउँका १० घरमा लाखौंको चोरी

75 Shares
रौतहट, ३० असार । पछिल्लो समयमा रौतहट जिल्लामा अपराधिक घटनामा वृद्धि हुँदै गएपनि त्यसलाई नियन्त्रण गर्न प्रहरी असफल रहेको स्थानीयले आरोप लगाएको छ ।
रौतहटको राजदेवी नगरपालिकामा एकैपटक १० घरमा चोरी हुनु रौतहट जिल्लाको सुरक्षा व्यवस्था माथि गम्भीर प्रश्न चिन्ह खडा गरेको हो । शुक्रबार राती राजदेवी नगरपालिका वडा नम्बर ७ मुडबलवा गाउँका् १० घरको भित्ता फोरेर लाखौं रुपैयाँ बराबरको चोरी भएका छन् ।
अपराधिक कार्यमा संलग्न व्यक्तिहरु निर्धक्क भई यस्ता कार्यलाई गरिरहेको पाइएको उनीहरुलाई स्थानीय प्रहरी प्रशासनको अलिकति पनि भय नरहदा सर्वसाधारण जनताहरु अपराधिक कार्यबाट आशंकित बन्दै गएको हो ।
मुकेश प्रसाद यादव, रामनरेश यादव, रामनाथ यादव, रामपति यादव, लालबाबु यादव, पवन यादव, नन्दकिशोर यादव, सन्तोष यादव, रामगुलाम यादव र एजन राय यादवको घरको भित्ता फोरेर धनमाल चोरी गरेको पिडितहरुले जनाएका छन् । रामपति यादवको घरबाट नगद ८६ हजार, एक थान सुनको कानको बाली, चाँदीको पायल, मोबाइल १ थान, हेल्मेट १ र लताकपडा लगायतका सामानहरु चोर समुहले चोरेर लगेको पिडितहरुले बताए ।
रौतहटमा अपराध बढ्नु निकै चिन्ताको विषय भएको छ । घरमा श्रीमती संग सुतिरहेको अवस्थामा श्रीमानको घाँटी छिनाएर हत्या हुनु, दाइजोको लोभीहरु श्रीमती र दुधे बालिकालाई मारेर झुण्डयाउनु जस्ता घटनामा राजनीति गरेर पिडकलाई उम्काउने कार्य भइरहदा अपराध नियन्त्रणको साटो बढ्दै गएको स्थानीय समाजसेवीले प्रहरी प्रशासन र सम्बध निकाय माथि गम्भीर प्रश्न चिन्ह् खडा गरेका छन् ।
कतिपय घटनाहरुको सुचना दिन अव प्रहरी छाडिसकेको छ । मदिरा भठी र अबैध समानहरु समातेर भन्सार पठाएको बाहेकका अपराधिक घटनाको मेल पठाउन जिल्ला प्रहरी कार्यालय छाडिसकेकोबाट रौतहटमा अपराधिक घटना कतिको छ त्यसलाई पुष्टि गर्दै समग्र रुपमा यस्ता कार्यबाट सर्वसाधारण चिन्तीत बनाउनु स्वभाविकै रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।