चिनियाँ सरकारद्धारा नेपाली सीमा मिचेर भौतिक संरचना खडा गर्दा समेत किन विरोध गर्दैन नेपाली सरकार ? कसको प्रभावमा राजनेताहरु चुप छन् चीन प्रति ? रहस्यको बिषय बनेको छ ।
उत्तर छिमेकी देश चीनद्धारा पटक पटक नेपाली सीमालाई मिच्दै चिनियाँहरु आएको भएपनि नेपाली प्रशासनीक अधिकारी चुप लागेर बसेका छन् ।
चीनद्वारा नेपालमाथि गरिएका कंयौं गैरवैधानिक गतिविधहरू गरेर नेपाली जनताको निम्ति अनभिज्ञ विषय बन्नु कुनै नौलो विषय होइनन् । त्यसमा नेपालको मूलधारमा रहेको सञ्चार क्षेत्रदेखि नोकरशाहरूको सोझो भूमिका रहेको तथ्य पनि जगजाहेर रहेका हुन् ।
चीनका यस्ता गतिविधिहरूमा नेपाली नागरिक माथि अन्याय, अत्याचार गर्नु, नेपालमा गैर वैधानिक क्रियाकलापहरु सञ्चालनमा ल्याउनु, अनधिकृत माध्यमद्वारा आर्थिक लेनदेन गर्नुजस्ता अनेक विषय पर्दछ ।
यी भए दिनहुँ व्यवहारमा चल्ने विषयहरूमा चीनको अत्याचारी व्यवहार हो । यसका अतिरिक्त नेपाली भूमिमा हस्तक्षेप गरेर तथा अतिक्रमण गर्ने क्रममा चीन निकै सक्रिय रहेको पाइएका छन् ।
हुम्लाको रूइ गाउँका अतिरिक्त अन्य कंयौं स्थानमा चीनले नेपाली भूमि अतिक्रमण गरेको छ । सरकारलाइ त्यसको पूर्णतः जानकारी रहँदा रहदै पनि उक्त कार्यको विरोधका पहल गर्न कुन शक्तिले व्यावधान सृजना गरेको छ, यो एउटा रहस्यमयी प्रश्न बनेको छ ।
नेपाली जनमानस साधारणतः शान्ति प्रिय संग बाँच अनि बाच्न देउको सिद्धान्तमा हिँड्ने समुदाय हो । नेपालीको मुलभूत जैविक प्रवृत्ति भनेको आफ्नो राष्ट्रप्रतिको वफादारिता र राष्ट्रको माया हो ।
आफ्नो भूभागको निम्ति प्राणसम्म अर्पण गर्न सक्ने यो विर जाति चीनको अत्याचारी प्रवृति प्रति किन यति मौन भएर बसेको होला ? हुम्लाका अतिरिक्त चीनले संखुवासभा जिल्ला अन्तर्गतको किमाथांका क्षेत्रमा भौतिक संरचनाहरू निर्माण गरेको तथ्य फेला परेको छ । चीनले नेपाली भूमिमा अनाधिकृत रूपमा अध्यागमन कार्यालय बनाएर संचालनमा ल्याएको छ ।
चुमनुब्री गाउँपालिका–१ रुई भञ्ज्याङ सिमानाको दशगजा क्षेत्रमा नै चीनले तारबार गरेर अतिक्रमण गरेका छन् । अरूण नदीले छुट्टयाएको सिमाना अतिक्रमण गरेर आफ्नो कार्यक्रम संचालनमा ल्याउनु नेपालको सार्वभौमिकता माथि ठूलो प्रहार हो । स्मरणीय के छ भने यस कार्यालय वरिपरि जुन स्वयम नेपाली भूमिमा ठडिएको छ, त्यहाँ नेपाली नागरिकहरूको आवागमन प्रतिबन्ध गरिएको सूचना पाटी नै लगाइएको पाइन्छ ।
एउटा स्वतन्त्र राष्ट्रको सिमाना क्षेत्रलाई अनाधकिृत रूपमा कब्जा गरेर, आफ्नो संरचना खडा गर्नु एवम नेपाली नागरिकहरुमाथि प्रतिबन्ध लगाउनु जस्ता दुस्साहस अत्यन्त निन्दनीय छ । सरकारले यसप्रति आफ्नो धारणा स्पष्ट गर्नु अति जरुरी रहेको विज्ञहरु बताउन्छन् ।
त्यसमा अझ के पनि उल्लेख गरिएको छ भने यदि कुनै नेपाली नागरिकले त्यहाँको जंगल क्षेत्रमा गएर गतिविधि गरेर वा नयाँ विरुवा पलाउन आगो लगाउने कार्य गरे उसलाइ दण्डनीय ठहराइने चेतावनी चीनले दिएको छ ।
चीन प्रजातन्त्र र स्वतन्त्रताका लागि सबैभन्दा ठूलो खतरा रहेको गुप्तचर प्रमखको आरोप, विश्वभर तरङको रुपमा फैलिएका छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन