श्रीलंका, ३ साउन । श्रीलंकामा जारी रहेको एसीसी इमर्जिङ्ग टिम्सको एसिया कप अन्तर्गतको खेलमा बुधवार नेपालले युएईलाई तिन विकेटको अन्तरबाट पराजित गरेका छ ।
टस जितेर पहिलो ब्याटिंग रोजेका युएई ए ले निर्धारित ५० ओभरको खेलमा ४३ ओभरमा सबै विकेटको क्षतिमा १५७ रनको योगफल तयार गरेर नेपाललाई जितका लागि १५८ रनको लक्ष्य प्रस्तुत गरेका थिए ।
प्रतिउत्तरमा मैदानमा ओर्लिएका नेपालको शुरुआत फेरी एक पटक खराव भयो शुन्य रनमा अर्जुन साउद आउट भए । अर्का ओपनर कुशल भुर्तेललाई साथ दिन आएका दिपक खनालले विस्तारै पारीलाई सम्हाल्दै दोश्रो विकेटको लागि ९८ रनको उत्कृष्ट पारी खेले । व्यतिगत ७१ रन बनाएर भुर्तेल फर्जुद्दिनको शिकार बने ।
खनाल २४, जोरा २४ र गुल्सन झाले ११ रन को योग्दान दिए । अन्ततः नेपाल नेपाल २३ ओभरमा सात विकेट गुमाउदै विजयी लक्ष्य पुरा गर्दै युएई ए माथि तिन विकेट विजय प्राप्त गर्न सफल भए । यस अघि कुशल भुर्तेलले १० ओभरमा ४९ रन खर्चेर युएई ए का ६ जना खेलाडीलाई आउट गर्न सफल भएकोमा उनलाई नै आजको म्यान अफ दि म्याचको पुरस्कार दिइयो । यस अघि नेपाल पाकिस्तान र भारत संग पराजित भइसकेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन