हङ्गकङ्गबाट आएको एक क्यून्टल सुन राजस्व अनुसन्धान विभागद्धारा बरामद, सुन तस्करी प्रकरणमा साँसद अमरेश सिंह कनेक्शन

84 Shares

काठमाडौं, ४ साउन । हङ्गकङ्गबाट त्रिभुवन अन्तरराष्ट्रिय विमान स्थल काठमाडौं आएका करिव एक क्यून्टल सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको छ ।
राजस्व अनुसन्धान विभागका अनुसार बुधबार दिउँसो २ बजे भन्सार जाँच पास गराएर बाहिरिएको सुन विभागले ट्याक्सीबाट बरामद गरेको हो ।
विभागले सुन लोड गरिएका बा २ ज २३२४ नम्बरको ट्याक्सी र चालकलाई पनि नियन्त्रणमा लिएको बताइएको छ । हङकङबाट काठमाडौं आएको क्याथे एयरलाइन्सको विमानमा कार्गोमार्फत सुन आएको थियो । मोटरसाइकल र स्कुटरको ब्रेक शु भित्र लुकाएर सुन ल्याएको पाइएको विभागले जनाएको छ ।
सुन कसको हो र कहाँ लैजान लागिएको थियो भन्ने बारे अनुसन्धान भइरहेको विभागले जनाएको छ ।
सुनको तस्करीमा साँसद अमरेश सिंहको कनेक्शन ? के हो रहस्य


हङकङबाट क्याथे एयरलाइन्सको विमानका कार्गोमार्फत काठमाडौं सुन आएको एक क्विन्टल सुन तस्करी प्रकरणमा स्वतन्त्र सांसद अमरेशकुमार सिंहको कनेक्सन भेटिएको छ । सांसद सिंह व्यापारी दिपक मल्होत्रा व्यवसायिक साझेदार रहेको अनुसन्धानको क्रममा तत्य फेला परेका छन् ।
मल्होत्राले सिंह आफ्नो व्यवसायीक साझेदार रहेकौ सार्वजनिक रूपमै बताउँदै आएका थिए । राजस्व अनुसन्धान विभागले हिजो त्रिभुवन विमानस्थलबाट सय क्विन्टल तस्करी हुन लागेको सुन बरामद गरेको थियो । तस्करी हुन लागेको सुन मल्होत्राको भएको अनुसन्धान अधिकारीले पत्ता लगाएका छन् ।
सुन मल्होत्राको भएको तथ्य बाहिर आएपछि यसमा सांसद अमरेश सिंह पनि जोडिएका छन् । दिपक मल्होत्राको नाम मुछिएपछि आफू फस्ने डरले सांसद सिंह मध्यराति नै प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटारमा पुगेका थिए । आफु पनि तानिने अवस्था आउने भएपछि सिंहले बिहानै देखि पुनः बालुवाटार लगायत विभिन्न शक्ति केन्द्र पुगेर मुद्दा सामसुम पार्न हारगुहार गरेको उच्च सुरक्षा स्रोतबाट बुझिएको छ ।
प्रधानमन्त्री प्रचण्डसँग राम्रो सम्बन्ध रहेकाले आफू र दिपकलाई केही नहुनेमा अमरेश आशावादी थिए । तर उक्त सुन प्रधानमन्त्री प्रचण्डकै निर्देशनमा मातहतको राजस्व विभागले समातेकोमा प्रचण्डले यस विषयमा केही गर्न नसकिने र निष्पक्ष अनुसन्धान जवाफ दिएपछि अमरेश तनावमा परेका छन् ।
उनले आफू नफस्न देशीविदेशी शक्ति परिचालन गरेर प्रधानमन्त्री माथि दबाब बढाइरहेका छन् ।

दिपक मल्होत्राको खण्डन ।
चेम्बर्स अफ कमर्सका उपाध्यक्ष तथा प्रसिद्ध उद्योगपति दिपक मल्होत्राले आफनो नाम मुछिएपछि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सुन तस्करीमा कुनै संलग्नता नरहेको खण्डन गरे । मेचीकाली खबर संग खवर संग कुरा गर्दै उद्योगपति मल्होत्राले तस्करीमा मेरो रतीभरीपनि संलग्नता नरहेको यदी पुष्टी भएमा जस्तो सुकै सजाय सहन तयार रहेको बताउदै अनावश्यक रुपमा मेरो नाम मुछेर मान मर्यादा माथि आँच पुर्याएकोमा कानुनी कारवाहीका लागि न्यालयमा जाने बताए ।
सुन तस्करीमा दिपक मल्होत्रा संग स्वतन्त्र साँसद अमरेश सिंहको कनेक्शन भनेर आएको समाचारको सन्दर्भमा सिंह संग सम्पर्क गर्न खोज्दा उहाँ संग सम्पर्क हुन सकेनन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।