बेइजिङ, ४ साउन । प्रकृति संग छेडछाड गरेर प्रमाणु होडमा लागेका चीन अहिले जलवायु परिवर्तनको कारण यतिवेला चीनमा भिषण गर्मीको लहर चलेको छ । जुलाई महिनामा चीनमा गर्मीले नयाँ कीर्तिमान बनाएको हो ।
चीनले देशमा ५२.२ डिग्री सेल्सियस (१२६ डिग्री फारेनहाइट) रेकर्डको उच्च तापक्रम रिपोर्ट गरेको छ । ५० भन्दा माथिको तापक्रम चर्को हुने निश्चित छ । यस्तो अवस्थामा चीनका जनताले कस्तो गर्मीको सामना गरिरहेका छन् ? यो अनुमान गर्न पनि असम्भव रहेको छ । तापक्रम वृद्धिका कारण विद्युत खपत ह्वात्तै बढेको छ ।
चीन अहिले अप्रिल महिनादेखि बढ्दै गएको तापक्रमबाट निकै चिन्तित छ । त्यसयता यहाँको तापक्रम सामान्य भन्दा बढी छ । जुन महिनामा पनि चीनमा गर्मीले धेरै रेकर्ड तोडेको छ ।
हालैका महिनाहरूले चीनमा तापक्रम असामान्य रूपमा उच्च भएको महसुस छ, जसमा वैज्ञानिकहरूले जलवायु परिवर्तनका कारण गर्मी बढिरहेको बताएका छन् । ग्लोबल वार्मिङको खतरा विश्वका ठूला भागहरूमा बढिरहेको छ । युरोप र जापानमा कीर्तिमानी गर्मीको पूर्वानुमान गरिएको थियो, जसका कारण शनिबार अमेरिकाका लाखौं मानिसले अत्यधिक तापक्रम वृद्धिको सामना गर्नुपरेको थियो ।
अमेरिकाको राष्ट्रिय मौसम सेवाले क्यालिफोर्निया देखि टेक्सास सम्म पुग्ने चरम गर्मीको लहरको अवस्थाका साथ ‘अत्यधिक तातो र खतरनाक सप्ताहन्त’ को चेतावनी दिएको छ । एजेन्सी ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट