रौतहट, ४ साउन । हंगकंगबाट त्रिभुवन विमानस्थल काठमाडौंमा बुधवार आएका एक सय किलोग्राम सुन भन्सार चेकजाँचमा किन डिटेक्ट भएन ? सम्बन्धमा राष्ट्रिय सभामा सदस्यहरुले गम्भीर प्रश्न उठाएको छ ।
एक सय किलो सुन नेपाल अवैध रुपमा भित्रिदा एयरपोर्टको सुरक्षा जाँचका सम्बन्धमा नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलका नेता रमेशजंग रायमाझी, नेकपा एमालेका सांसद गोपाल भट्टराई र जसपाका खालिद सिद्धिकीले प्रश्न उठाउदै सांसदहरुले सरकारको ध्यानाकर्षण गराएको हो ।
काँग्रसका संसदीय दलका नेता रायमाझीले चार्ल्स सोभराजले भित्रुभव विमानस्थल बाट हात्ती छिराइदिन सक्ने भनी दिएको अभिव्यक्तिलाई बिर्साउन गरी १०० किलो सुन अवैध रुपमा भन्सार पास भएको उदाहरण दिए ।
बिहीबार राष्ट्रिय सभामा विशेष समय लिएर उनले ३३ किलो सुन अवैध रुपमा आएको चर्चा सेलाउन नपाउँदै १०० किलो सुन अवैध रुपमा भित्रिँदा अन्तराष्ट्रिय स्तरमा नेपालको छवि धुमिल भएको बताए ।
‘सयौं किलो सुन एक पल्ट होइन २२ पल्ट त्यस्तो प्रक्रिया भयो भनेर आइरहेको छ’ नेता रायमाझी थप्छन्, ‘हामीले एउटा मोबाइल, लगाएको घडी कुनै बेला खोलेर कोर्टको गोजीमा हाले त्यो मेसिनबाट छिर्दा डिटेक्टर कराउँछ । १०० किलो सुन निस्कँदा डिटेक्टर किन कराएन ?’ उनले प्रश्न गरे । भन्सारका कर्मचारीहरुको भूमिका शंकास्पद रहेको उनको आरोप छ ।
‘त्यहाँको पुलिस के गरिरहेको थियो ? आमीलाई लाज हुन्छ कि हुँदैन ?’ उनी थप्छन्, ‘भन्सारको मिलेमत्तो बिना हुन्छ ? पुलिसको मिलेमत्तो बिना सम्भव हुन्छ यो चीज ?’ मुलुकलाई अपराधको क्रिडाथलो बन्न बाट सरकारले जोगाउनु पर्ने र त्यसका लागि संलग्न माथि गर्नुपर्ने बताए ।
नेकपा एमालेका सांसद गोपाल भट्टराईले १०० किलो सुन अवैध रुपमा भित्रिएको बारे निष्पक्ष छानबिन हुनुपर्ने बताए । ‘हाम्रो देशमा तस्करहरुले राज्य सञ्चालनमा हस्तक्षेप त गरेका छैनन् भन्ने आभास हुन थालेको छ । बाहिर हेर्दा भ्रष्टाचार, अनियमितता सबै अन्त्य हुन थालेजस्तो देखिएको छ’ उनी भन्छन्, ‘पावरमा भएकाहरु जोडिदा समेत छानविन भएको छैन । जनताको ध्यान एकातिर केन्द्रित गर्ने र अर्कोतर्फ तस्करी मौलाउने अवस्था देखिएको छ ।’
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट