रौतहट, ७ साउन । रौतहटको माधवनारायण नगरपालिकाको विसुनपुर्वा मानपुरमा साढु दाईको घरमा शंकाष्पद मृत्यु भएका व्यक्तिको श्रीमतीको शनिवार साँझ मृत्यु भएका छन् ।
गत असार ३१ गते राति सर्लाही जिल्ला बसबरीया गाउँपालिका २ का ४२ बर्षिया महानन्द राय यादव रौतहटको माधवनारायण नगरपालिका ४ विसुनपुर्वा मानपुर स्थित साढुदाई राजकुमार राय यादवको घर आएका थिए । तर सोही राति उनको झुण्डिएको अवस्थामा मृत्यु भएको र उनकी श्रीमती बिन्दुकुमारी यादवको शनिवार साँझ ४ बजे प्रादेशिक अस्पताल गौरमा मृत्यु भएको परिजारजनले जनाएका हुन् ।
साढुदाई राजकुमार राय यादवले सापटी रकम लिएको थुप्रै दिन भएपछि लेनदेनको बिषयमा कुरा गर्न आउदा महानन्दको हत्या गरेर झुण्डियाइयो र उनको श्रीमती विन्दुकुमारी यादवलाई घाँटी थिचिदा नशा सुनिएपछि ग्राण्डि अस्पताल मह्मदपुरमा गत सोमवार उपचार हुन नसकेर विरगंजमा उपचार गराएर हिजो मात्रै गौर आउदा पुनः अवस्था खवराब हुन थालेपछि प्रादेशिक अस्पताल गौर लगिदा उनको मृत्यु भएको उनको भतिजो राजिवकुमार यादवले बताए ।
मेरो काका र काकीको हत्यामा संलग्न व्यक्तिहरुलाई पहिचान गरेर राज्यले प्रत्याभुत भएको कानुन बमोजिम कारवाही गर्न जिल्ला प्रहरी कार्यालय संग जोडदार रुपमा माग गरेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन