रौतहट, ११ साउन । टेक्निकल शिक्षा प्राप्त गर्ने सपना बोकेका विद्यार्थीहरुको भविष्यलाई मध्यनजर राख्दै लाग्दै आएको शुल्कमा कटौती गरेपछि गरिव असहाय विद्यार्थीहरु अध्ययन गर्न सकिने भएको छ ।
रौतहटको देवाही गोनाही नगरपालिकाको धरहरी स्थित जय किशन बहु प्राविधिक शिक्षालयमा तिन बर्षे ओभरसियर, आईटी र कृषि क्षेत्रमा अध्ययन गर्न लाग्ने शुल्कमा कटौती गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय रौतहटमा विहिवार जय किशन बहु प्राविधिक शिक्षालयका संचालक समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रको अध्यक्षतामा बसेको बैठकबाट दुई बुंदे निर्णय गरियो ।
पहिलो निर्णयमा शुल्क परिमार्जन गर्न राखिएको प्रस्तावलाई मध्यनजर राख्दै गरिव, असहाय, दलित समुदायको विद्यार्थीहरु समेत अध्ययन गर्न अवसर पाउन भन्ने उद्देश्यबाट तिन बर्षे डिप्लो तथा प्रमाण पत्र तहका कार्यक्रमहरुमा अन्य शिक्षालय विच एकरुपता कायम रहोस । डिप्लोमा इन सिभिल इन्जिनियरिङ्ग, डिप्लोमा इन इम्फोर्मेशन टक्नोलोजी तथा प्रमाण पत्रको कृषि बाली विज्ञान कोर्षका लागि लाग्दै आएको ९८ हजारबाट घटाएर तिन बर्ष सम्म अध्ययन गर्न ५० हजार शुल्क कायम गरिएका छन् ।
स्थानीय सरोकारवालाहरु सहित जिल्लाबासीको अनुरोधलाई मध्यनजर राख्दै ९८ हजार लाग्दै आएको शुल्कबाट घटाएर ५० हजार कायम गरिएको जानकारी दिदै प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले गरिव, असहाय, दलित, एवं पीछडिएका समुदायका विद्यार्थीहरुलाई सहज रुपमा अध्ययन गर्ने अवसर पाउने विश्वास व्यक्त गरे ।
सो बैठकमा प्रवेश परिक्षा लिन र नतिजा प्रकाशन गर्न शिक्षालयका प्रिन्सीपल एवं सदस्य सचिवलाई सम्पूर्ण कार्यक्रमहरु यथाशिघ्र संचालन गराउन जिम्मेवारी तोकिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन