साम्प्रदायिक तनावका बीच प्रजिअ यादव सहितका सुरक्षा अधिकारीको टोली गोडैतामा

159 Shares

राधेश्याम कुश्वाहा
सर्लाही, १४ साउन । मुस्लिमहरुको मोहरम्म पर्व मनाउने क्रममा सर्लाहीको गोडैता बजारमा साम्प्रदायिक तनाव उत्पन्न भई दुई पक्षिय झड्प पश्चात आईतवार विहानै प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादव सहितको सुरक्षा अधिकारी प्रमुखहरुको टोली गोडैता बजारको स्थलगत अनुगमन गरेको छ ।
आईतवार बिहान ८ बजेका समयमा प्रमुख जिल्ला अधिकारी यादवको नेतृत्वमा प्रहरी उपरीक्षक नरेशराज सुवेदी, सशस्त्र प्रहरी नेपाल १० न. गणका प्रमुख तुला बहादुर भण्डारी, नेपाली सेना भैरवी दल गणका प्रमुख सेनानी अभिषेक कार्की लगायत निर्वाचित जनप्रतिनिधि सहितको टोलिले मुस्लिम र हिन्दु अगुवाहरू संग कुराकानी गरेर अवस्थालाई शान्त पार्न उच्श्रृंखल गतिविधि गर्न नदिनका लागि संवाद एवं अवस्थाको स्थलगत रुपमा अनुगमन निरीक्षण गरिएको हो ।
बजारको अवस्था र शान्ति सुरक्षा विषयमा समेत प्रमुख जिल्ला अधिकारी यादव सहितको टोलिले जानकारी लिए । प्रजिअ यादवले बजारका सबै पसलहरु खोल्न समेत स्थानीयवासीहरुलाई आग्रह गरे । “उनले भने तपाईहरु निर्धक्क भएर पसल खोल्नुस शान्ति सुरक्षाका पुर्ण जिम्मेवारी हाम्रो हो” स्थानीय बासिन्दा एवं व्यापारीलाई पूर्ण रुपमा आश्वस्त गराउनु भयो ।
हामीले बजार क्षेत्रमा सादा पोशाकमा प्रहरी परिचालन गरेका छौं । सम्प्रदायिक हिंसा भडकाउन खोज्ने गतिविधिमा सलग्न रहेको पाईएमा जोसुकैलाई पक्राउ गरिने कडा निर्देशन समेत दिए ।
गोडैता नगरपालिकाका उपप्रमुख सचिवालयका प्रतिनिधि बेचन महतो, वार्ड न. ७ का वडाअध्यक्ष बिनेश कुमार दास र वार्ड न.८ का वडाअध्यक्ष भगलु भन्ने मिरेन्द्रकुमार झा लगायत स्थानीय राजनीतिक अगुवा समेत अनुगमन टोलिमा सहभागी रहेका थिए ।
सहमति अनुसारको संख्यामा महोरम पर्वमा सुरक्षाकर्मी परिचालन नगरिएको स्थानीयहरुले आरोप लगाए । थोरै संख्यामा प्रहरी सहित महोरम पर्व मनाउने गरिएको र विवाद उत्पन्न भएपछि मात्र बजारमा सशस्त्र प्रहरी बोलाइएको उनिहरुको भनाई छ ।
यता विवादका कारण आफुहरु असुरक्षित महसुस गरिरहेको मुस्लिम अगुवाहरुले बताए । हामीहरु हिंसा हुने डरले बजारमा पसल खोल्न जान पाएका छैनौं, नजामुदिन ले भने । प्रहरीले राती राम्रो गस्ती गरेका केही राहत मसहुस गरेको उहाँको भनाई छ ।
जिल्ला सुरक्षा समिती, सर्लाहीले जारी गरेको पर्व मनाउने नियम विपरीत मुस्लिमहरुले घरेलु हातहतियार प्रदर्शन गरी चर्को आवाजमा डिजे बजाउने जस्ता अवाञ्छित कार्यहरू गरेपछि विवाद उत्पन्न भएको, महोरम पर्व मनाउन प्रशासन आवश्यक कदम नचालेको आरोप हिन्दु पक्षहरूको रहेको छ ।
हिन्दु अगुवाहरु प्रहरीले एकपक्षीय हुँदा विवाद उत्पन्न भएको बताए । सहमती अनुसार दाहा राखेकै ठाउँबाट फिर्ता हुनुपर्ने भएपनि प्रहरीले नै सहमती विपरीत दाहा मनाउन बजारमा पस्न दिएको र हिन्दु युवाहरुले पस्न रोक लगाएपछि प्रहरीले हिन्दु युवाहरूमाथी अन्धाधुन्ध लाठी चार्ज गरेपछि ढुङ्गा हान्न बाध्य भएको उनीहरुको भनाई छ ।
प्रहरीले घरमा महिला र बालबालिका केही नहेरी आँसु ग्यास प्रहार गरेको र प्रहार नगर्न भन्दा घरको पर्खाल हामफालेर घरमा पसी हामीलाई निर्घात कुटपिट गरेको मनकामना किताब पसलका संचालक मुकेश ठाकुरले गुनासो पोखे ।
दुई समुदाय बीचको झडप रोक्ने क्रममा प्रहरीले २६ सेल अश्रु ग्यास प्रहार र १६ राउन्ड हवाइ फायर गरेको थियो । ढुंगा प्रहारबाट ६ प्रहरी र चार स्थानीय गरेर १० जना घाईते भएका डीएसपी दिपेन्द्र पञ्जियार थारुले जानकारी दिए । ढुंगा लागेर गम्भीर घाइते भएका स्थानीय राजेश पटेलको हाल प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ । झपडमा घाइते भएका ६ प्रहरी र तीन स्थानीय उपचारपछि डिस्चार्ज भइसकेका छन् । झडपका क्रममा दुवै पक्षले इँटा, ढुंगा र सिसाका बोतल प्रहार गरेका थिए । झडप नियन्त्रणमा लिन शनिबार साँझ ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।
थप झडप हुन नदिन गोडैता बजारमा अहिले पनि प्रहरी परिचालन गरिएको डीएसपी थारुले बताए । अहिलेसम्म घटनामा संलग्न कसैलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छैनन् ।
प्रदेश सभा सासद फकिरा महतो ले समेत घटनास्थलमा पुगी २ पक्षबिच छलफल गरेका छन् । समाजमा समाजिक सदभाव कायम गर्न र कुनै पनि अप्रिय घटना हुन नदिन स्थानीय अगुवाहरू संग छलफल गर्दै आएको बताए ।
गोडैता नगरपालिकाका मेयर देवेन्द्र कुमार यादवले पनि फेसबुक सहित समाजिक संजालमा एउटा स्टेटस लेख्दै हिन्दु र मुस्लीम समुदाय संग बिगतमा झै आपसी भाईचारा कायम राख्न र खास गरी गोडैता को दुवै समुदाय संग धार्मिक सद्भाव कायम राख्न अनुरोध गरेको छ ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले अहिले गोडैताको अवस्था शान्त हुँदै गएको छ, त्यहाँ कुनै अप्रिय घटना हुन नदिन व्यापक संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको तथा कहि कतैबाट अवाञ्छित गतिविधि गर्नेहरुमाथि सादा पोशाकमा प्रहरी परिचालन गरेर सुक्ष्म निगरानी राखिएको बताए । जिल्ला प्रशासन कार्यालयमा गोडैताको विषयलाई लिएर सर्वदलिय एवं सर्वपक्षिय बैठक बसेको समेत उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।