समाज विकासका प्रमुख आधार शिक्षा ः युवा नेता दिपक महतो

109 Shares

 

राधेश्याम कुशवाहा
सर्लाही, १४ साउन । समाजको विकास र निर्माणका प्रमुख आधार नै शिक्षा रहेको युवा नेता दिपक महतोले बताए ।
बरहथवा स्थित एजुकेशन होम माविले आयोजना गरेको सम्मान तथा चियापान कार्यक्रममा बोल्दै समाजमा असल, सबल र सक्षम जनशक्ति उत्पादनका प्रमुख अस्त्र शिक्षा नै रहेको जिकिर गरे ।
हाम्रो देशमा शिक्षा क्षेत्रलाई सरकारले न सही ढङ्गले अगाडि बढाउन सकेका छैनन, न त निजि क्षेत्रले पनि आफनो तहबाट जुन गतिमा अगाडि बढनुपर्ने हो, बढन सकेका छन, महतोले भने । हामीले स्थानीय स्तरको शिक्षा सुधारका निमित्त शिक्षा क्षेत्रका बौद्धिक व्यक्तित्व, शिक्षक, प्रधानाध्यापक र बुद्धिजीवी व्यक्तिहरूसंग निरन्तर छलफल, बहस र सम्बाद गर्दै आएका छौं उनले भने । समाजका शैक्षिक सुधार र गुणस्तरीय कायम गर्नका लागि निजि तथा सरकारी दुवै क्षेत्रले हातेमालो गरि अघि बढनुपर्नेमा समेत युवा नेता महतोले जोड दिए ।
युवा नेता महतोको पहलमा बरहथवा नगरपालिका वार्ड न. ९ मा रहेको एजुकेशन होम माध्यमिक विधालयलाई ३५ सिट क्षमता भएका ईस्कुल बस प्राप्त भएको छ । उनले कार्यक्रमको अवसरमा रिवन काटेर बसको उदघाटन समेत गरेका थिए ।
युवा नेता महतोलाई विद्यालयको तर्फबाट सम्मान स्वरुप प्रशंसा पत्र समेत प्रदान गरेका थिए । महतोको अथक प्रयास र मेहनतका कारण विद्यालयहरुलाई बस प्राप्त भएको विद्यालयका प्रधानाध्यापक शिवलाल महतोले बताए ।
२०७२ सालमा स्थापना भएको एजुकेशन होम माविले आफनै पहिलो एसएलसी ब्याच २०७८ सालमा सहभागी भएका थिए । प्रधानाध्यापक महतोले अगामी बर्षदेखि हाम्रो विद्यालयले दस जोड दुईको तयारीमा रहेको जानकारी समेत गराए । नर्सरी देखि मावी सम्म पढाइ हुने यस विधालयमा हाल १२ सयको संख्यामा विधार्थी अध्ययनरत र ४० भन्दा बढी शिक्षक र शिक्षिकाहरु कार्यरत रहेका छन ।
एजुकेशन होम स्थापना भएको ८ बर्षमै बरथवाको मात्र नभई जिल्लामा आफनो छुट्टै पहिचान बनाउन सफल भएका छन । यो विद्यालय समयनाकुलको पठनपाठन, सांस्कृतिक कार्यक्रम, विद्यार्थीहरुको बौद्धिक क्षमता विकास र व्यवहारिक शिक्षामा जोड दिएका कारण छोटो समयमा धेरै लोकप्रिय हुन सफल भएको छ ।
भारतीय राजदूतावासका महामहिम राजदूत नविन श्रीवास्तवको विशेष सहयोगमा एजुकेसन होमलाई ईस्कुल बस प्राप्त भएको छ । कार्यक्रम मार्फत विद्यालय परिवार तथा युवा नेता महतोले समेत राजदुत श्रीवास्तवलाई समेत धन्यवाद व्यक्त गरे ।

सम्मान तथा चियापान कार्यक्रममा बहुजन एकता पार्टीका वरिष्ठ नेता राजाराम पासवान, बरथावा ईलाका प्रहरी कार्यलय, बरथवाका डिएसपी लिलाराज लामिछाने, युएनएफपिएका बच्चालाल महतो, बरहथवा नगरपालिकाका शिक्षा शाखा अधिकृत अनिल कुमार साह, चक्रजनता माविका प्रधानाध्यापक रामबहादुर राय, विधालयका शिक्षक÷शिक्षिका, शिक्षा क्षेत्रमा बुद्धिजीवी व्यक्तिहरू उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।