रौतहट, १४ साउन । सुनको तस्करीको अन्तरराष्ट्रिय गिरोह काठमाडौंमा सक्रिय रहेको खुलासा भएको छ ।
हंगकंग र चीनबाट आउने सुन तस्करीको माध्यमबाट भारतमा जाने गरेको ति गिरोहका केही व्यक्तिहरु पक्राउ परेपछि बयानको आधारमा खुलासा भएको हो ।
पक्राउ परेका गिरोहका व्यक्ति संग लिएको वयानको आधारमा एक क्वीन्टल सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको राजस्व अनुसन्धान विभागको टोलीले शनिबार राति काठमाडौंको टोखास्थित एक फ्याक्ट्रीमा छापा मारेको छ ।
विभागका एक उच्च अधिकारीका अनुसार, प्रि–फ्याबको घरभित्र सुन गाल्ने र रि–फ्रेम गरेर अर्कै स्वरुपमा परिणत गर्ने फ्याक्ट्री भेटिएपछि छापा मारेर सिल गरिएको बताइएको छ । त्यस स्थानबाट विभागको टोलीले आगो बाल्नका लागि राखिएका काठका धुलोका बोराहरु, सुन गाल्न प्रयोग हुने मेसिन, एसिडका बट्टाहरु, गालेको सुन पकड्ने र राख्ने ह्याण्डलहरु लगायत बरामद गरेको छ ।
‘यो सुन तस्करको समूहहरु सोचे भन्दा निकै ठूलो र बलियो रहेको देखियो, राजधानीमा अर्कै फ्याक्ट्री खोलेर सुनलाई अर्कै स्वरुपमा परिणत गराउने गरेको देखिएको छ’, अपरेशनमा खटिएका एक अधिकारीले भने, ‘रातभर छापा हानेर घरमा सिल गरेका छौं ।’
यद्यपि, कस्तो स्वरुपमा सुन परिणत गरिन्थ्यो भन्ने खुलिसकेको छैन ।
स्रोतका अनुसार, हङकङबाट ब्रेक शुभित्र लुकाएर सुन नेपालसम्म ल्याइएपनि भारतमा त्यहीँ स्वरुपमा लैजाँदा जोखिम हुने भएकाले नेपालमा फेरि रिफ्रेम हुने गरेको आशंका गरिएको छ ।
‘भारतमै ब्रेक शु उत्पादन हुन्छ, नेपालबाट ब्रेक शु गएको कुरा खुल्दा शंका पनि हुने भयो, त्यसैले अरु कुनै स्वरुपमा भारत सम्म सुन लगिएको हुनसक्ने अशंका गरिएको छ’, ती अधिकारीले भने, ‘यसमा संलग्न नेपालहरुबारे अनुसन्धान गरिरहेका छौं ।’
अपरेशनमा खटिएका अधिकारीहरुका अनुसार, टोखाको फ्याक्ट्री र त्यहाँबाट बरामद सामानहरु हेर्दा यो गिरोहले ठूलो परिणामको सुन गालेर लगेको हुनसक्ने देखिएको छ । राजश्व अनुसन्धान विभागको टोलीले साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पास पार गरेर बाहिरिएपछि एक क्वीन्टल सुन सिनामंगलबाट बरामद गरेको थियो । त्यसबेला विभागको टोलीले ट्याक्सी चालक अशोक लामालाई नियन्त्रणमा लिएको थियो ।
यसैगरी हालसम्म सुन प्रकरणमा विभागले १८ जनालाई नियन्त्रणमा लिइसकेको छ । आइतबार मात्रै विभागको टोलीले ठमेल स्थित होटल भियनामा छापा मारेर एक जना नेपाली मुलका बेल्जियमका नागरिकलाई पक्राउ गरेको छ । हालसम्म पक्राउ परेकामध्ये एक आरोपीको बयानका आधारमा विभागको टोलीले यो फ्याक्ट्री सम्म पुग्न सफल भएका छन् ।
गत साउन ४ गते यो प्रकरणमा विभागले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट चिनियाँ नागरिक ज्यास्याङ लिनलाई पक्राउ गरेको थियो । हालसम्मको अनुसन्धानले सुन प्रकरणमा पक्राउ परेका १८ जनामध्ये सबैभन्दा उच्च तहका उनी नै भएको देखिएको अनुसन्धान अधिकृतहरु बताउँछन् । तथापी, उनी नेपालमा सुनको व्यवस्थापनमा मात्र खटिएका व्यक्ति भएको अधिकृतहरुको भनाइ छ ।
स्रोतका अनुसार, नेपालमा बसेर सुनको व्यवस्थापनमा उनी सहित थप चिनियाँ नागरिकको संलग्नता समेत हुनसक्ने देखिएको छ । त्यसको आधारमा विभागको टोलीले केही स्थानमा छापा मारेपनि कसैलाई नियन्त्रणमा लिएको छैन ।
हाल हिरासतमा रहेका चिनियाँ नागरिक लिनको बयानका लागि विभागले एक जना अनुवादकलाई बोलाएको छ । तर, उनले सुनबारे केही बताएका छैनन् । ति अनुसन्धान अधिकृत भन्छन्, ‘चिनियाँ नागरिकहरु हरेक पटक पक्राउ पर्दा यही समस्या हुन्छ, अंग्रेजी आएपनि बोल्दैनन् । अनुवादक ल्याउँदा पनि समन्वय गर्दैनन् ।’
विभागले कल डिटेल रेकर्ड (सीडीआर), क्लोज सर्किट क्यामराका फुटेज लगायतका आधारमा उनको नेक्सस केलाउने प्रयास गरिरहेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन