रौतहट, १६ साउन । गुणस्तर तथा नापतौल कार्यालयको नियमित चेकजाँचको क्रममा इजाजत नलिई कारोवार संचालन गरी उपभोक्ताहरुलाई ठग्दै आएका रौतहटका १३ व्यापारीक फर्मलाई कारवाहीको सुचीमा राखेर प्रक्रिया अघि बढाएको छ ।
कम नापतौल गरेर उपभोक्तालाई ठगी गर्दै आएको र व्यापार वा कारोवार संचालन गर्न सम्बध निकायबाट इजाजत नलिएको १३ जना व्यापारीक फर्म विरुद्ध कारवाही प्रक्रिया अगाडी बढाएको गणस्तर तथा नापतौल कार्यालय वीरगंजले जनाएको हो ।
व्यापारीमाथि सम्बन्धित जिल्ला अदालतमा मुद्दा दायर गरिएको गुणस्तर तथा नापतौल कार्यालय वीरगंजका सूचना अधिकारी सञ्जीवकुमार ठाकुरले जानकारी दिए । इजाजत नलिई नापतौल गर्ने यन्त्रको प्रयोग गर्ने रौतहटको पशुपति फेन्सी, माँ लक्ष्मी सुनचाँदी ज्वेलर्स, न्यू प्रिया ज्वेलर्स, रामबलराम ट्रेडर्स, रिसब ट्रेडर्स, बैजु किराना एन्ड जेनरल सटार्स, सरोज बिज भण्डार, कृष्णा राइस मिल, बाबा विश्वकर्मा राइस मिल, पप्पु हार्डवेयर एन्ड मेसिनरी, लक्ष्मी हार्डवेयर, रोशन हार्डवेयर स्टोर्स र जय बजरङ्गवली ट्रेडर्सविरुद्ध अदालतमा मुद्दा दायर गरिएको उनले बताए ।
नापतौल गर्ने यन्त्र वा उपकरण प्रयोग गर्नुपूर्व खरिद गरेको ३५ दिनभित्र नजिकको गुणस्तर नापतौल कार्यालयबाट अनुमति लिइसक्नुपर्ने कानुनी व्यवस्था छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन