एलआइसी नेपाल मिटरब्याजी “नम्वर वन” कम्पनीमा परिणत हुदै गएको अभिकर्ताको गम्भीर आरोप

106 Shares

एलआईसी नेपाल लिमिटेडको गोरखधन्धा सार्वजनिक भएपछि नक्कली कागजातहरुलाई सक्कली बनाउने होड्मा शाखाप्रमुख तथा कर्मचारीहरु व्यस्त केन्द्रिय कार्यलय मौन ?

रौतहट, १६ साउन । लाइफ इन्सोरेन्स कर्पोरेसन (एलआईसी) नेपाललाई “नम्वर वन” विमा कम्पनी बनाउन कम्पनीकै उच्च पदस्थ पदाधिकारीको निर्देशनमा राष्ट्र बैंकको वित्तिय विमा ऐनको बर्खिलाफ गरेर विमा खाताहरु खोलिएपनि सम्बध निकायबाट कुनै चासो नदिदा एलआइसी नेपाल प्रति विमा गराउने ग्राहकको विश्वास उठ्दै गएको छ ।
मिटरब्याजी नम्वर वन बन्ने होडमा लाइफ इन्सोरेन्स कर्पोरेसन (एलआईसी) नेपाल लिमिटेडले गौर सहित विभिन्न शाखा प्रमुखहरु मार्फत अभिकर्ताहरुलाई उत्प्रेरित गरी ऋण लिन लगाएको तथा अभिकर्ताले बिमा लेख धारीलाई उत्प्रेरित गरी बिमा लेख धितो राखी ऋण लिई नया बिमा लेख जारी गरेको रहस्य बाहिरिए पनि सम्बध निकाय कानमा तेल हालेर सुतेको आरोप एक जना अभिकर्ताले लगाएको छ।
एलआईसी नेपाल लिमिटेड सो ऋण को रकम अभिकर्ता तथा बिमा लेख खाताधारीको खातामा नपठाई सो रकम एलआइसी नेपाल लिमिटेड कै नाममा चेक बनाई शाखा प्रमुख मार्फत केहि रकम अभिकर्ता तथा बिमा लेख खाता धारीको उदेशय अनुसार खर्च भएको देखिन्छ भने बाकी रकम शाखा प्रमुख मार्फत मिटरब्याजी नम्वर वन बन्ने होडमा प्रयोगमा गएको देखिन्छ ।
नेपाल राष्ट्र बैंक को निर्देशन बिपरित ऋणीको नाममा चेक नबनाई ÷ऋणी को खातामा ऋण रकम नपठाई सोझै एलआइसी नेपाल लिमिटेड को नाममा चेक बनाउनु र सो रकम लाइफ इन्सोरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड को उदेशय अनुसार प्रयोगमा ल्याउनु विधि प्रक्रिया माथि नै प्रश्न ? खडा हुनुको साथै शंकाको घेरामा पर्नु स्वभाविक देखिन्छ ति अभिकर्ताले भने।
एलआइसी नेपाल लिमिटेडले रकम आफु अनुकुलको उद्देश्यमा प्रयोग गर्नु र ऋणी लाई १५ दिने लिखित पत्र काट्नु को साथै राष्ट्रिय स्तरको पत्रिका मा नाम सार्वजनिक गरेर ब्लैक लिस्ट गर्ने धम्की दिने जस्ता कार्य गरी मानसिक दबाब दिनु कतिको उचित हो ?
विगत दुई साता अघि विभिन्न संचारमाध्यममा आएका समाचारलाइ हालसम्म सम्बोधन वा खण्डन न गर्नु तथा पिडित अभिकर्ताले दिएका गुनासालाई केन्द्रिय कार्यलय तथा शाखा बाट कुनै पहल नहुनु कहिँ कतै अरु बिमा कम्पनी को इशारामा लाइफ इन्सोरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड संस्था लाई नै पछाडी बाट नम्वर “वन” बनाउने षड्यन्त्र भइरहेको त छैन भने आशंका उब्जीएको श्रोतले बतायो ।
भारतीय जिवन विमा कर्पोरेसनको ५५ प्रतिशत सेयर होल्डर र ४५ प्रतिशत नेपालीहरुको शेयरमा संचालनमा आएका एलआइसी नेपाल लिमिटेडलाई नेपालमा नम्वर वन विमा कम्पनी बनाउन मिटरब्याजी नम्वर “वन” बन्ने होडमा एलआइसी नेपाल बिमा लेख धारी को बिना अनुरोधमा, बिना जानकारी बिमा लेखबाट ऋण लाइफ इन्सोरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड नाममा बनेको रहस्य खुलेको छ भने कति जना बास्तबिक ऋणी भए पनि सो रकम लाइफ इन्सोरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड आफु अनुकुल चलाएको ति श्रोतले गम्भीर आरोप लगाए ।
लेख नम्वर (विमा धारक ग्राहक) खडा गरेको ऋणी रहस्य खुलेको हो । लाइफ इन्सोरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड को नाममा चेकक बनाई ऋणीको उदेश्य बिपरित रकम चलाएको देखिन्छ ।यस सम्बन्धमा एलआईसी नेपाल लिमिटेडको गौर शाखा प्रमुख प्रमोद यादव संग कुरा गर्दा यो कार्यहरु पहिलाको शाखा प्रमुखको कार्यकालमा भएको स्वीकार गरे । अहिले कुनै त्यसतो कार्य नभएको बताए । पहिला के भयो मलाई थाहा छैन । म भन्दा पनि माथिल्लो निकाय छ त्यहाँ सम्म कुरा पुगिसकेको हुँदा त्यहीबाट छानविन हुने मात्रै जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।