काठमाडौं, १७ साउन । मुस्लिम आयोग खारेज गर्न राष्ट्रिय एकता अभियानले आवाज उठाएका छन् ।
‘मुस्लिम आयोग खारेज गर वा हिन्दु, बौद्ध, किंरात लगायत अन्य धार्मिक आयोग गठन गर’ विषयक अन्तरक्रिया कार्यक्रम राष्ट्रिय एकता अभियानले सम्पन्न गरेका हुन् ।
हालै काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले कुनै एक धर्म विशेषको नाममा सरकारले आयोग गठन गर्नु दुःखद रहेको बताउँदै त्यस्ता आयोग अविलम्ब खारेज हुनुपर्ने वा अन्य धार्मिक आयोगहरु पनि गठन हुनुपर्ने मागलाई जोडदार रुपमा उठाएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभाका स्वतन्त्र सांसद किरण साहले मुस्लिम आयोग खारेज भन्दा अन्य धार्मिक आयोगहरु पनि गठन गराउने तिर लाग्नुपर्ने सुझाव दिएका थिए ।
नेपालको ८० प्रतिशत भन्दा बढी सनातन हिन्दु धर्मावलम्बीहरु बसोबास गरिरहेका देशमा हिन्दु आयोग गठन नहुनु चिन्ताको विषय रहेको बताए । उनले नेपालमा हिन्दु, बौद्ध, किरात लगायतका अन्य धार्मिक आयोगहरु पनि गठन हुनुपर्ने जोड दिए ।
कार्यक्रममा पूर्वमन्त्री तथा बौद्ध धर्मगुरु लार्केल लामाले विश्वमा नेपाललाई चिनाउने भगवानका अनुयायी बौद्ध धर्मावलम्बीहरु प्रति अन्याय भएको जिकिर गरे । उनले बौद्ध सबै धर्मको संरक्षणका लागि राज्यले आयोग गठन गर्नुपर्ने धारणा राखे ।
अभियानका वरिष्ठ नेता तथा संविधानसभाका सदस्य बीपी यादवले मुस्लिम आयोगको नाममा नेपालमा हत्या हिंसा मच्चाउन खोजिएको आरोप लगाए । उनले मुस्लिम आयोग खारेज गर्नैपर्ने बताउँदै यसका लागि आगामी दिनमा अभियानले सशक्त कार्यक्रमहरु गर्ने बताए ।
कार्यक्रमको अध्यक्षता गरेका अभियानका संयोजक विनय यादवले नेपाललाई जिहादीको अखाडा बनाउन मुस्लिम आयोग गठन गरिएको दाबी गरे । उनले विदेशी अतिवादी मुस्लिम आतंकवादीहरुको अखाडा नेपाल बन्न लागेको भन्दै आक्रोश व्यक्त गरेको थियो ।
‘मुस्लिम आयोगको नाममा खुलेआम मुस्लिम आयोगका पदाधिकारीहरु सरकारी साधनश्रोतको दुरुपयोग गरेर विमानस्थलबाट अपराधीहरुलाई उम्काउने काम गरिरहेका गम्भीर आरोप लगाए । ‘मुस्लिम आयोगको गतिविधि हामीसँग लुकेको छैनन् उनले भने ।’
उनले मुस्लिम आयोगको नाममा विदेशी जिहादीलाई नेपाल भित्र्याएर सोझासाझा नेपाली मुस्लिमहरुलाई जिहाद र कट्टरवादको प्रशिक्षण दिइरहेको आरोप लगाए ।
सो कार्यक्रममा हर्क स्वार, प्राध्यापकद्वय कुंजीलाल यादव र डॉ श्यामनारायण लाभ, अवलेश गुप्ता लगायतले मन्तव्य राखेका थिए ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट