सर्लाही, १७ साउन । ६ बर्षिया नबालिकालाई बलात्कार गरेको आरोपमा फरार रहेका अभियुक्तलाई सर्लाही प्रहरीले ११ बर्ष पछि पक्राउ गर्न सफल भएको छ ।
जिल्ला प्रहरी कार्यालय मलंगवाका अनुसार साबिक बरहथवा गाविस वडा नम्वर ७ घर भएका उदयकुमार पंडित कुम्हारले छिमकीको ६ बर्षिया नबालिका छोरीलाई बलात्कार गरेको आरोपमा फरार रहदै आएका अभियुक्तलाई गाउँमै लुकीछिपी बसिरहेको सुचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरी टोलीले कम्हारलाई पक्राउ गरेको हो ।
बलात्कार मुद्दामा सर्लाही जिल्ला अदालतले २०६९ साल असार ३१ गते १२ बर्ष कैद र ५० हजार जरिवानाको निर्णय गरेको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता एवं डिएसपी दिपेन्द्र पंजियार थारुले बताए । पक्राउ गरिएका कुम्हारलाई अदालत समक्ष पेश गर्दा कैद सजाय भुक्तानको लागि सिन्धुली कारागार पठाइएको गरिएको डिएसपी थारुले जानकारी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन