रौतहट, १९ साउन । गौर हत्याकाण्डको दोषीलाई कारवाहीको माग गर्दै सहिद परिवारद्वारा विगत सात दिन देखि रौतहटको चन्द्रपुरमा धर्ना प्रदर्शन गर्दै आईरहेका संग वार्ता गर्न प्रधानमन्त्री को कार्यालयले पत्र पठाएको छ ।
प्रधानमन्त्री निवास वालुवाटारमा शनिवार विहान ८ बजेको समयमा गौर हत्याकाण्ड पिडित संघर्ष समितिका संयोजक रुपसागर देवी संग समस्या समाधान गर्न प्रधानमन्त्रीले चासो देखाएको प्रधानमन्त्रीको निजि सचिवालयका सह सचिव अर्जुन भण्डारीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको हो ।
२०६३ साल चैत ७ गते २८ जना माओवादी को क्रुरतापुर्वक हत्या गरिएको १७ बर्ष वितिसक्दा पनि अभियुक्त हरुलाई कारवाही नहुदा पिडित संघर्ष समिति बनाएर साउन १ गते देखि चरणबद्ध रुपमा संघर्ष गर्दै आएका छन् । सहिद परिवारको आन्दोलनलाई सफल पार्न आम जनता पार्टीका अध्यक्ष प्रभु साहको अथक प्रयासबाट प्रधानमन्त्री वार्ता गर्न बाध्य भएको बताईएको छ ।

प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट