देहरादुन (उत्तराखण्ड भारत), एजेन्सी । भारतको उत्तराखण्डमा पहिरोले होटल बगाउँदा केही नेपालीसहित १९ जना बेपत्ता भएका छन् । केदारनाथ प्रवेश गर्ने सडक खण्डको रुद्रप्रयागमा पहिरोले होटल बगाउँदा केही नेपालीसहित १९ जना बेपत्ता भएको भारतीय अखबार जागरणको अनलाइन संस्करणले जनाएको छ ।
बेपत्ता हुनेमा नेपालीमा चन्द्र कामी, उनका छोरा लालबहादुर कामी, सुखरा रावत र उनका छोरा जोरा रावत रहेका छन् । हुम्ला घर भएका वीरबहादुरले गौरीकुण्डमा होटल सञ्चालन गर्दै आएका थिए ।
उनको होटलमा खाना खान गएका बेला पहिरोले होटल बगाएको जागरणले जनाएको छ । पहिरोमा परेर होटल सञ्चालक वीरबहादुर, उनकी श्रीमती सुमित्रा, छोरी निशा र छोरा हरिबहादुर बेपत्ता भएका छन् ।
उनीहरूको थर भने खुलेको छैन । वीरबहादुरकै होटलमा खाना खान गएका धर्मराज बुढा र छोरा मानबहादुर बुढा पनि बेपत्ता भएका छन् । बेपत्ता हुने थप सात जना पनि नेपाली रहेको खबरमा उल्लेख छ तर उनीहरू नेपालको कुन ठाउँका हुन भन्ने खुलेको छैन ।
बेपत्ता हुनेमा जुम्लाका अमर बोहरा, उनका छोराहरू मानबहादुर, पृथ्वी, जटिल र वकिल, श्रीमती अनिता, छोरीद्वय राधिका र पिंकी रहेको भारतीय टेलिभिजन आज तकले उल्लेख गरेको छ ।
पहिरोपछि उक्त होटल मन्दाकिनी नदीमा खसेको जनाइएको छ । बेपत्ता भएका सबैको खोजी भइरहेको उत्तराखण्ड प्रहरीले जनाएको छ । यो क्षेत्रमा भारी वर्षा भइरहेकाले उद्धार तथा खोजीमा कठिनाइ भएको जागरणले उल्लेख गरेको छ ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट