चिनियाँ राष्ट्रपति सि जिनपिंग भर्चुअल मिटिंग मार्फत आयोजित शिखर सम्मेलनमा ५ सय भन्दा दलका नेताहरु एवं राष्ट्राध्यक्षलाई सम्बोधन गरे

660 Shares

 

रौतहट, २३ असार । चिनियाँ राष्ट्रपति सि जिनपिंगे नेपाल सहित विश्वका पाँच सय भन्दा बढि पार्टीका नेता एवं प्रतिनिधिहरु संग भर्चुअल मिटिंग मार्फत विश्वलाई सम्बोधन गरेका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) ले नेपाल सहित विश्वका पाँच सय भन्दा बढी राजनीतिक दलका नेता र प्रतिनिधीहरुलाई भेला पारेर मंगलबार भर्चुअल प्रविधिको माध्यमबाट एक शिखर सम्मेलन माफएत विश्वलाई चिन प्रति सकारात्मक रहन आग्रह गरिएका हुन् ।
भर्चुअल शिखर सम्मेलन कार्यक्रम चिनियाँ कम्युनिष्ट पार्टीको अन्तरराष्ट्रिय वैधता स्थापित गर्ने एक प्रयास भएको विश्लेषकहरु बताउँछन् । हिजोको सम्बोधन मार्फत सिले संसारका राजनीतिक दललाई निश्चित सन्देश दिन खोजेको देखिन्छ ।

सबै राजनीतिक दलसँग सहकार्य बढाउन चाहान्छौं

विश्वमा क्रियासिल रहेका ५०० भन्दा बढी साना र ठूला राजनीतिक दलहरुसँग सामूहिक छलफल गरेर चिनियाँ कम्युनिष्ट पार्टीले जुनसुकै विचार र दर्शन बोक्ने राजनीतिक दल र संस्था सँगको सम्बन्ध प्रगाढ बनाउन चाहेको सन्देश दिएको छ । सिपिसिले आफूलाई संसारकै सबैभन्दा ठूलो दलको रुपमा प्रस्तुत गर्दै आएको छ । पछिल्लो समय चिनियाँ कम्युनिष्ट संसार भरका राजनीतिक दलहरुसँग भाइचाराको सम्बन्ध विकास गदै गएको छ, र उनीहरुसँगको संवाद र सम्पर्कमा चीनले आफूले अपनाएको विकास र शासकीय ढाँचाबारे जानकारी गराउँदै आएको छ ।
अहिलेसम्म चीनले संसारभरका ५६० भन्दा बढी राजनीतिक दलहरुसँग भाइचाराको सम्बन्ध स्थापना गरेको छ र उनीहरुसँग निरन्तर संवाद र सम्पर्क गरिरहेको छ । आफ्ना एजेण्डा र विकास परियोजनालाई लिएर राजनीतिक दलहरुको बीचमा कुनै पनि विवाद नहोस भन्नका लागि उसले सो नीति लिएको विश्लेषकहरु बताउँछन् ।

चिनियाँ एजेन्डालाई साथ दिनुपर्यो

विशेषत चीनले अपनाएको शासकिय र विकास मोडलको विश्वका प्रजातान्त्रिक मुलुकहरुले आलोचना गरेका छन् । विभिन्न मुलुकले शासनको बागडोर सम्हालेको चिनियाँ कम्युनिष्ट पार्टीको पनि आलोचना गर्ने गरेका छन् । त्यसैगरी चीनभित्रको मानव अधिकार लगायतका अन्य विषयमा पनि प्रश्न उठ्ने गरेको छ । त्यसैले विभिन्न देशका राजनीतिक दलहरुसँग सम्बन्ध विस्तार गरेर चीनले सो पार्टीको स्वीकार्यता बढाउँदै एक सफल राजनीतिक दलको रुपमा स्थापित गराउन चाहेको देखिन्छ ।
यति मात्र होइन, चीनका अन्य विषयहरुमा पनि अन्य देशका राजनीतिक दलले आफ्नो पक्षमा बोलिदिउन भन्ने चीनको चाहना देखिन्छ जुन सिको सम्बोधनमा स्पष्ट रुपमा नै देखियो । उनले राजनीतिक दलहरुलाई संयुक्त रुपमा प्रविधिहरुमाथि भएको नाकाबन्दी र विश्व ल्याउन खोजिएको विभाजनको विरोध गर्न सामूहिक रुपमा आग्रह गरे । उनले विभिन्न मुलुकले महामारीलाई राजनीतिकरण गरेको भन्दै त्यसको विरोध गर्न समेत आग्रह गरे । त्यसैले पश्चिमा मुलुकहरुसँगको वैचारिक र अन्य लडाइँमा आफूले निर्माण गर्न खोजेको भावलाई अन्य देशका राजनीतिक दलहरुले समेत समर्थन गरुन भन्ने स्पष्ट चाहना देखिन्छ ।
उनले कोभिड–१९, आतंकवाद, असमानता र जलवायु परिवर्तका लगायतका चुनौतीहरुमा विश्वका राजनीतिक दलहरुको बीचमा सहकार्यको लागि आग्रह गरे । यसमार्फत चीनले विश्वव्यापी रुपमा सामना गरिरहेको आलोचनाको काउन्टर गर्नका लागि अन्य देशका राजनीतिक दलहरुको साथ खोजेको देखिन्छ । महामारीलाई समेत राजनीतिकरण गरिएको उल्लेख गदै सिले उनले भने,’अन्य मुलुकहरुको विकासलाई ध्वस्त पार्नका लागि राजनीतिक म्यानिपुलेसन भएको छ भने एउटा ग्रुप राजनीति मार्फत आधिपत्य खोज्ने अभ्यासहरु देखिएको छ ।’ त्यसैले आफ्ना विभिन्न एजेण्डा र विषयहरुमा विश्वव्यापी रुपमा भइरहेको आलोचनाबारे राजनीतिक दलहरु बोलुन र आफूलाई साथ दिउन भन्ने चिनियाँ चाहना देखिन्छ । दक्षिण एसियाका केही राजनीतिक दलहरुले यस मामिलामा चीनलाई साथ दिएको पनि देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।