बागमती, लाल बकैया, झाझ सहितका नदीहरुमा आएको बाढीबाट रौतहटको समग्र अवस्था

121 Shares
रौतहट, २३ साउन । साउने झरी संगै वागमती र झाझ खोलामा आएको बाढीबाट दुर्गा भगवती गाउँपालिका वडा नम्वर ३ र ५ का बासिन्दाहरु प्रभावित भएका छन् ।
दुर्गा भगवती गाउँपालिका वडा नम्वर ३ मत्सरी गाउँ देखि दक्षिणमा बागमती नदीको तट्बन्धमा पानी निकासको लागि बनाइएको गेट (सुलिस गेट) नजिक बाढीले फुटाएपछि बस्तीमा पानी पसेका हुन् । संचारकर्मी चञ्चल झाको घर सहित २५ जनाको घरमा बाढीको पानी पसेको छ ।
कतिपयले छिमेकीको अग्लो घरमा शरण लिएको छ भने कतिपय घरमै खाट माथि खाट राखेर राति काट्ने बताउँछन् । उनीहरुको घरमा बाढी छिर्न थालेपछि खाद्यान्न सहितको सामानहरु अग्लो स्थानमा राखेर घरमै बसिरहेको बुझिएको छ ।
मत्सरीकै दलित बस्तीका चार जनाको परिवार सहित दुर्गा मन्दीरमा रहेको धर्मशालामा शरण लिए बसेको छ । उनीहरु पशु चौपाया, बाख्रा सहित उक्त धर्मशालामा बसिरहेको तथा खाना आफन्तको घरबाट ल्याएर खाएको टुन्टुन दास तत्माले बताए ।
यसैगरी दुर्गा भगवती गाउँपालिका वडा नम्वर ५ बडहर्वाको अवस्था झन् खराब रहेको छ । बागमती र झाझको पानी तिन तिरबाट पसेको छ । बडहर्वामा ५० दलितहरुको घरमा बढी पसेको पिडितहरुले बताएका छन् ।
गौर गंगापिपरा सडक खण्ड पनि आज दिउसोबाट अबरुद्ध भएको छ । बाटो माथिबाट २ देखि ३ फिट सम्म बाढी पानी बगिरहदा बाटो पूर्ण रुपमा बन्द भएको बताइएको छ । बैकल्पिक मार्ग शुकदेव चोक भएर आश्वयक्ता पर्नेहरु ओहरदोहर गरिरहेको पाइएका छन् ।
हुनत बाढीमा डुबेर गढिमाइबाट दुखद खवर पनि दिउसो आएकै छ । गढीमाई नपा २ का ६५ बर्षिय सहिद राय भाँट वागमती खोला पारी खाफनो खेतमा काम गरेर घर फर्किन लाग्दा बाढीमा डुबेर उनको दुखद मृत्यु भयो । भाँटलाई स्थानीयहरुले देख्ना साथ बचाँउने प्रयास गरे उनलाई बाहिर ल्याउन सफलता पाए तर उपचार गराउन चन्द्रपुरमा जाँदा मृत्यु भयो ।
बाढिले सदरमुकाम बाहेक ग्रामिण भेगमा आँशिक प्रभाव पारेपनि लाल बकैया नदीको पानीले राजपुर र इशनाथ नगरपालिकाको कतिपय सडक, गाउँमा बाढी पसेको छ सोको यथार्थ जानकारी प्राप्त भएको छैनन् । जसरी जानकारी आएमा हामी त्यस स्थानको समाचारलाई प्रमुखताका साथ स्थान दिने छौं ।
सुरक्षाकर्मीहरु पनि आज दिनभरी बाँध मर्मत देखि लिएर राजपुरको फतुवा, परोहाको पोखरिया तथा मौलापुरको मर्यादपुरमा गरी ८ जना बकैया नदीको बगरमा भैंसी चराउन गोठालो जाँदा फसेका थिए । आठैं जनालाई सुरक्षकर्मीहरुको टोलीले सकुशल उद्धार गरे ।
त्यती मात्रै नभई प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको कमाण्डमा बृदल दल गणका गणपति गंगा कार्की प्रहरी उपरिक्षक विरबहादुर बुढा मगर, सशस्त्र प्रहरीका उपरिक्षक माधव रेग्मी, राष्ट्रिय अनुसन्धानका उप निर्देशक चन्दन झा सहितको जिल्ला विपद व्यवस्थापन टोली जिल्लामा सम्भावी बाढी र कटानको समस्या भएका स्थानहरुमा दिनभरी अनुगमन निरीक्षण तथा तत्काल मर्मत गराउने कार्यहरु गरिदा सम्भावित जोखिमलाई न्यूणीकरण गराइए  ।
समग्रमा आज राति ८ बजे सम्म रौतहट जिल्लाको बाढी अपडेट 
 गढिमाई २ समनपुरका ६५ बर्षिय सहिद राय भाटको मृत्यु, ११ जनाको स्थानीयको सहयोगमा सुरक्षाकर्मीद्धारा सकुशल उद्धार गरियो, माधवनारायण नपा ८ पिपरा रजपवडामा वागमती नदीको पश्चिमी बाँधको २५ मिटर स्पर कटान गरिसकेको छ । माधवनारायण नपा ९ माधोपुर स्थित सुलिस गेटमा फलामको गेट नलगाएपछि बागमतीको बाढी बस्तीमा पसेर डुबानमा परेको छ । दुर्गा भगवती २ पिपरा वडा नम्वर ३ मत्सरी नजिक सुलिस गेटको दाँया बाँया दुबै तर्फ बाँध कटान गरेपछि बोरामा बालुवा भरेर मर्मत गरिएको छ । वडा नम्बर ४ पचरुखी छतौना गाउँ प्रभावित भएको छ । वडा नम्वर ५ बडहर्वामा रहेको प्रहरी चौकी सहित बस्ती डुबानमा परेको छ । राजपुर नपाको फतुवा देखि हुलाकी राजमार्ग अवरुद्ध भएको छ । गौर गंगापिपराको झाँझ देखि अबरुद्ध भएको छ ।्
राजपुर नगरपालिका वडा नम्वर ८ बलुवा टोल नजिक बकैया नदीको पश्चिमी बाँध भत्किएको छ । बाँध भत्किदा वैरिया तथा इशनाथको बन्जरहा तर्फ बाढि र डुबानको खतरा बढेको बताइएको छ ।
सम्भावित बाढीको समयमा सजग र सचेत बनौं
बागमती, झाझ, बकैया खोला किनारका गाउँका बासिन्दाहरु सम्भावित बाढिको खतरालाई मध्य नजर राख्दै एक आपसमा कुरा साटासाट गरेर यस्तो अवस्थामा समयमै जागिनु र अरुलाई पनि जोगाउनमा मद्दत पुर्याउनु पर्ने भएको हुँदा बाढि कटानको विपदको समयमा आपसी भाइचारा र सदभावको साथ एक अर्कालाई मद्दत गरेर मानवताको परिचय दिनुपर्ने  देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।