“विपद प्रतिकार्यका लागि सामुदायिक कार्य” सम्बन्धी तालिमको आज तेश्रो दिन

131 Shares

रौतहट, २६ साउन । विपदको समयमा आफू र समुदायलाई कसरी जोगाउने सम्बन्धी रौतहटमा पहिलो पटक “विपद प्रतिकार्यका लागि सामुदायिक कार्य” चार दिने तालिम संचालन भईरहेका छन् ।
जनजागरण युवा क्लव (जेजेवाइसी) कलैया बाराको आयोजना र भेएसओको नेतृत्वमा, गौर नगरपालिकाको सहकार्यमा तथा युके एडको आर्थिक सहयोगमा “विपद प्रतिकार्यका लागि सामुदायिक कार्य” चार दिने तालिम गत मंगलवार देखि रौतहट सदरमुकाम गौर स्थित सिया प्यालेसमा सुरु भएका हुन् ।
पारिवारिक तयारी र प्रतिकार्यको लागि तयारी बारे सचेत गराउन, प्राथमिक उपचार र आधारभूत जीवन सहायतामा सरोकारवालाहरूको क्षमता अभिवृद्धि गर्न, आगोको आपतकालिन अवस्थामा सामना गर्न क्षमता प्रदान गर्न, आधारभूत खोज र उद्धारलाई सक्षम बनाउन तथा आधारभूत पानी उद्धारको ज्ञान प्रदान गर्न उद्देश्यका साथ “विपद प्रतिकार्यका लागि सामुदायिक कार्य” को तालिम भइरहेको कार्यक्रमका प्रमुख प्रशिक्षक सरोज अधिकारीले बताए ।
यस परियोजनाले परियोजना संचालित विद्यालयहरु र समुदायमा आइपर्ने विपद, प्रकोपहरुबाट हुने क्षति न्यूनीकरण गर्ने मानविय उद्देश्यबाट विद्यालयहरुमा गठन भएको विद्यालय स्तरिय विपदा व्यवस्थापन समितिको विभिन्न कार्यदलका सदस्यहरु, नगरप्रहरी, जिल्ला प्रहरी कार्यालय, प्रादेशिक अस्पताल, स्थानीय युवा क्लवका प्रतिनिधिहरु समेत गरी २४ जना चार दिने विपद प्रतिकार्यका लागि सामुदायिक कार्य तालिममा सहभागी रहेको मध्ये चार जना महिलाको सहभागीता रहेको कार्यक्रम संयोजक कौशलकिशोर साहले बताए ।
रौतहट जिल्लाको गौर र गढीमाई नगरपालिकाको पाँच÷पाँच विद्यालय तथा बारा जिल्लाको कलैया र जितपुर सिमरा उपमहागरपालिकाको पाँच÷पाँच विद्यालयमा विपद प्रतिकार्यका लागि सामुदायिक कार्य कार्य दल गठन गरिएको जानकारी दिदै कार्यक्रम संयोजक साहले जेजेवाईसी बाराले भिएसओ नेपालको नेतृत्वमा मधेस प्रदेशका बारा र रौतहट जिल्लाहरूमा समावेशी स्वयमसेवा र सशक्तीकरण (एक्टीभ) र इयु वित्त पोषित सहयात्रा परियोजनाहरू मार्फत युके एड द्वारा अनुदान प्राप्त सक्रिय नागरिकहरू कार्यान्वयन गर्दै आएको स्पष्ट पारे । यस परियोजनाको मुख्य उद्देश्य हो लचिलो, लैङ्गिक–उत्तरदायी शिक्षा शासन मार्फत सीमान्तकृत महिलाहरू र अपाङ्गता भएका बालबालिकाहरूको लागि समावेशी गुणस्तरीय शिक्षालाई समर्थन गरिरहेको बताए । अझ विशेष रूपमा, यस परियोजनाको उद्देश्यहरू “सीमान्तकृत र कमजोर स्थानीय जनता र स्थानीय स्वयं सेवकहरूद्वारा सक्रिय नागरिकतामा सुधार गर्नु रहेको छ ।“
तालिम संग संगै उनीहरुलाई प्रयोगात्मक गरेर समेत सिकाउने कार्य भईरहेको हुँदा यस तालिममा राम्रो गरेका सहभागीलाई ट्रेनर बन्ने अवसर पनि प्राप्त हुने उनले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।