बाढी पिडितको यथार्थ अवस्था बुझ्न मधेश सरकारका मन्त्री कृष्णप्रसाद यादव सहित मन्त्रीको टोली बाढी पिडितको बस्तीमा

92 Shares

रौतहट, २७ साउन । नेपाली काँग्रेसका मधेश प्रदेशका सभापति एवं मधेश प्रदेश सरकारका भौतिक पूर्वधार विकास मन्त्री कृष्णप्रसाद यादवद्धारा रौतहट जिल्लामा आएको बाढीबाट भएको जनधनको क्षति सम्बन्धी प्रमुख जिल्ला अधिकारी संग यथार्थ जानकारी लिए ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले गत मंगलवार वागमती, झाझ, र लालबकैया नदीमा आएको बाढीबाट प्रत्यक्ष रुपमा १७५ घरपरिवार प्रभावित भएको जानकारी गराए । उनीहरलाई तत्कालिन रुपमा जिल्ला विपद व्यवस्थापन समितिबाट राहत उपलब्ध गराईएको बताए ।
राजपुरको वैरियामा लालबकैया नदीको बाँध भत्किदा वैरिया गाउँका ५० घरधुरी प्रभावित भएका थिए । जसमध्ये अधिकाँश घर फर्किएको छ भने १५ घरपरिवार अझै राहत शिविरमा बसिरहेका छन् र उनीहरुलाई भोजन गराउन सामुहिक रुपमा मेस संचालन गराइएको समेत प्रजिअ मिश्रले मन्त्रीद्धयलाई जानकारी दिए ।
नेपाली काँग्रेसका प्रदेश सभापति एवं भौतिक पूर्वाधार विकास मन्त्री यादवले अहिले सम्म जिल्ला प्रशासन कार्यालय रौतहटद्धारा बाढी पिडितलाई उद्धार एवं राहत कार्यको सराहना गर्दै प्रदेश सरकारबाट प्रत्येक परिवारलाई तत्कालिन राहतको बन्दोबस्त मिलाइएको हुँदा जिल्ला विपद व्यवस्थापन समितिको माध्यमबाट पिडित परिवार समक्ष पुर्याउन प्रजिअ मिश्रलाई निर्देशन दिए ।
यसैगरी मन्त्रीद्धय यादव र मह्म्मदको सहितको जिल्ला सुरक्षा समितिको टोली बाढी प्रभावित बस्ती राजपुरको वैरिया गएको तथा त्यहाँबाट दुर्गा भगवतीको बडहर्वा, राजदेवीको चण्डिहा, ब्रम्हपुरी र लक्ष्मिपुर बेलविछवामा बाढीबाट प्रभावित भएका बस्तीमा प्रत्यक्ष रुपमा उपस्थित भई समस्या समाधानको आवश्यक पहल गर्ने नेपाली काँग्रेस मधेश प्रदेश सुचना संचार तथा प्रचार प्रसार विभागका प्रमुख नितेश गुप्ताले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयमा नेपाली काँग्रेसका उपसभापति एवं राजदेवी नपाका पूर्व प्रमुख धिरेन्द्रकुमार सिंह, युवा नेता एवं गौर नगरका अध्यक्ष मोहन यादव, श्रीराम यादव, लगायत नेपाली प्रहरीका एसपी विरबहादुर बुढामगर, सशस्त्र प्रहरीका एसपी माधव रेग्मी, राष्ट्रिय अनुसन्धानका उप निर्देशक चन्दन झा सहितका सुरक्षा अधिकारीहरुको उपस्थिति रहेको थियो ।

फिचर तस्वीर

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।