शिक्षा, कृषि, पर्यटन क्षेत्रमा जोड दिदै गढीमाईको नवौं नगरसभा सम्पन्न

63 Shares

रौतहट, २९ साउन । गढिमाई नगरलाई आत्मनिर्भर बनाउन पर्यटन, शिक्षा, स्वास्थ्यको क्षेत्रमा सुधार गर्दै मुस्कान सहितको सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
रौतहटको गढिमाई नगरपालिकाको नवौं नगरसभा २०८० नगरपालिकाको समनपुर स्थित कार्यालयमा सुरु भएको हो ।
नगर सभामा नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै नगर प्रमुख श्यामप्रसाद यादवले नगरको समृद्ध विकासको पूर्वाधार निर्माण गर्न विशेष प्राथमिकता दिईनेछ, शिक्षा, स्वास्थ्य, कृषि, सडक, खानेपानी, पर्यटन पूर्वाधार, विपद व्यवस्थापन लगायतका जनजिविका संग जोडिएका सम्पूर्ण आवश्यकतालाई प्राथमिकता दिदै यश आर्थिक बर्षमा जोड दिईने बताए ।
आर्थिक बर्ष २०८०/०८१ का लागि ५३ करोड १५ लाख ८४ हजार ४ सयको बजेटमा चालु तर्फ ३७ करोड ७२ लाख ४७ हजार ४ सय तथा पुुंंजिगत तर्फ १५ करोड, ४३ लाख ३७ हजारको बजेट नगरप्रमुख यादवले प्रस्तुत गर्दै घोषणा गरे ।
उपनगर प्रमुख अस्मिता यादवले नवौं नगर अधिवेशनको सफलताको कामना गर्दै स्वागत गरे ।
वडा नं ५ का वडाध्यक्ष राजिव रंजन यादवले नगरपालिकामा रहेका समस्या पहिचान गर्दा नगर सभा गर्न ढिलो भएको र कर्मचारीहरुले पाउनु पर्ने सेवा सुविधाहरुलाई यथाशीघ्र पूरा गर्नुका साथै अनावश्यक करारका कर्मचारीलाई स सम्मान विदाई गर्ने बताए ।
वडाध्यक्ष रामपुकार यादवले नगरप्रमुखद्वारा प्रस्तुत गरिएको नीति कार्यक्रम तथा बजेट एकदमै राम्रो र सराहनीय रहेको चर्चा गर्दै विगतका कमिकमजोरीलाई सुुधार गर्न ५ बुंदे ज्ञापन पत्र बुझाए पछि सुधार भएपछि आज नगरसभा हुदा अत्यन्तै खुशी लागेको बताए ।
वडा नम्बर २ का अध्यक्ष दिपेन्द्र श्रेष्ठले शिक्षाको अभावमा नगरको समस्या उत्पन्न भएको हुदा गुणस्तरीय शिक्षाको आवश्यक रहेको बताउदै कृषिलाई व्यवस्थित बनाउनु पर्नेमा जोड दिए ।
गढीमाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादव, नवौं नगरसभामा १ देखि ९ सम्मका वडाध्यक्ष, वडासदस्यहरु, कार्यपालिका सदस्यहरु, नगर कार्यपालिकामा विभिन्न फाँटका प्रमुखहरु, लेखा प्रमुख कामेश्वर सहनी, नेपाल पत्रकार महासंघका सचिव मदन ठाकुर, संचारकर्मी संजय साह मित्र लगायतका नगरबासीको उत्साहपुर्वक उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।