नयाँ दिल्ली, ३० साउन । भारतको ७७ औं स्वतन्त्रता दिवसको सुखद अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले लालकिलाबाट सम्बोधन गर्दै “यो मोदीको ग्यारेन्टी हो, आगामी पाँच बर्षमा विश्वको शीर्ष तेश्रो अर्थतन्त्र भएको देशको सुचमा भारत उभिने छ” ।
७७ औं स्वतन्त्रता दिवसको अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका छन्, ‘आगामी ५ वर्षमा भारत विश्वको शीर्ष तीन अर्थतन्त्रमा पर्ने यो मोदीको ग्यारेन्टी हो ।
“२०१४ मा हामी १० औं ठूलो अर्थतन्त्र थियौं । आज, १४० करोड नागरिकको प्रयासमा, हामी विश्वको ५ औं ठूलो अर्थतन्त्र बन्न सफल भएका छौं,” प्रधानमन्त्री मोदीले भने ।
भारत अर्थतन्त्रको क्षेत्रमा द्रुत गतिमा फड्को मारिरहेको हुँदा यसमा भारतबासीको साथ र सहयोगको कारण नै सफलताको शिखरमा निरन्तर रुपमा अगाडी बढिरहेको हुँदा आउदो दिनहरुमा यस्तै साथ र सहयोगको अपेक्षा गर्दै ७७ औं स्वतन्त्रता दिवशको भारतवासीलाई बधाई तथा शुभकामना प्रधानमन्त्री मोदीले दिए ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट