90
Shares
रौतहट, ३२ साउन । जबरजस्ती करणी मुद्दामा फरार रहेका प्रतिबादीलाई रौतहट प्रहरीले पक्राउ गरी कारवाहीको लागि अदालत समक्ष पेश गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटद्धारा जारी गरिएको प्रेस वत्तव्यमा विभिन्न अपराधका फरार अपराधीलाई पक्राउ गर्ने योजना अनुरुप जिल्ला प्रहरी कार्यालय गौर तथा मातहतबाट खटिएको प्रहरी गस्ती टोलीले जबरजस्ती करणी मुद्दामा फरार रहेका प्रतिवादी राजपुर नगरपालिका ५ का रामअयोध्या साहको ३८ बर्षिय छोरा रंजीत साह तेलीलाई पक्राउ गर्न सफल भए ।
जबरजस्ती करण मुद्दामा फरार रहेका प्रतिवादी तेलीलाई पक्राउ गरेर आवश्यक कारवाहीका लागि रौतहट जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकृत एवं डिएसपी उमाशंकर प्रसाद यादवले जानकारी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन