चिनियाँ अपराधको थलो बन्दै नेपाल, सुरक्षा अधिकारी समक्ष थपिदै सुरक्षा चुनौतीहरु

61 Shares

नेपालमा चिनियाँ नागरिकको अपराधको सञ्जाल बढ्दै जाँदा यसले सुरक्षामा गम्भीर चुनौती थपिएको पाइएको छ । सुरक्षा निकायलेसमेत यसलाई गम्भीर प्रकृतिको समस्या सिर्जना भएको भन्दै आन्तरिक संरचना बलियो बनाउन लागिपरेको बताएको छ ।
विभिन्न किसिमका अपराधमा चिनियाँको सक्रियता बढेको देखिएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी कुबेर कडायत स्वीकार्छन् । चिनियाँको अपराध बढेसँगै चिनियाँ नागरिकमाथि निगरानी बढाइएको उनको भनाइ रहेको छ ।

प्रहरीको तथ्यांकअनुसार गत आर्थिक वर्षमा सबैभन्दा बढी चिनियाँ पक्राउ परेका छन् । गत आर्थिक वर्षमा नेपालमा ४२ चिनियाँ पक्राउ परेका थिए । यो संख्या विगतका तुलनामा निकै बढी हो । आर्थिक वर्ष ०७८–७९ मा १३ तथा ०७७–७८ मा १६ चिनियाँ नेपालमा पक्राउ परेका थिए ।

पछिल्लो समय अवैध सुन प्रकरणमा जब चिनियाँहरुको सहभागीता रहेको बाहिरिएको छ तब सुरक्षा निकाय थप सक्रिय भएको छ । प्रहरीको उच्च स्रोतका अनुसार चीनबाट आउने अवैध सुन नेपालमा आपराधिक गतिविधि बढाउन थोरैमात्र लगानी हुने गरेको र अधिकांश सुन भारत जाने गरेको छ । उक्त सुन भारतको अवैध बजारमै परिचालन भएकोसमेत दाबी गरिएको छ । भारतलाई अस्थिर बनाउन पनि यो अवैध सुन गलत कामका लागि प्रयोग भइरहेको बताइन्छ ।

नेपालका धेरैजसो अपराधमा चिनियाँकै बढी संलग्नता भएकोसमेत दाबी गरिएको छ । अझ त्यसमा पनि प्रविधिको प्रयोग गरेर हुने आपराधिक गतिविधिमा बढी सक्रिय छन् । अनलाइन ठगीदेखि विदेशी मुद्राको अवैध कारोबार, कल बाइपास, साइबर अपराध, सुन तस्करी, मानव तस्करीलगायत अपराधमा चिनियाँ नागरिकको संगठित सञ्जाल निरन्तर बढेको पाइएको हो ।

एटीएम तस्करीसहीत लुटपाटमा संलग्न ठूलै गिरोह यसअघि पक्राउ परेको थियो ।

अहिले अवैध सय किलो सुन तस्करीमा चिनियाँको संलग्नता धेरै नै रहेकोसमेत प्रहरीको दाबी छ । त्यसो त राजस्व अनुसन्धान विभागले पनि अवैध सुन प्रकरणमा चिनियाँ संलग्नता देखिएको निष्कर्ष निकालेको छ ।

प्रतिवेदनअनुसार सुन तस्करीमा संलग्न चिनियाँ गिरोह महिनौँदेखि काठमाडौँमा रहेर गतिविधि चलाइरहेको थियो । यही गिरोहले नै सुन लुकाउने, गाल्ने र पुनः प्याक गरी बाँडफाँट गर्नेसम्मका काम गरेकोसमेत दाबी गरिएको छ ।

यो गिरोह लामो समयदेखि सक्रिय भएको बताइए पनि यति समयदेखि सक्रिय छ भन्ने खुलिसकेको छैन । तर अवैध सुनको कारोबार भने राजा वीरेन्द्रकै पालादेखि हुँदै आएको बताइन्छ । यसले सुरक्षा चुनौती भने बढाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।