रमेश तिमलसिना
चन्द्रपुर, २ भदौं । चन्द्रपुर नगरपालिकाद्वारा पहिलो चरणको स्वयंम सेवक शिक्षकको परिक्षा शनिवार सम्पन्न भएको छ ।
नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयमा रिक्त रहेका शिक्षकहरुको स्थानमा स्वयंसेवक तथा करारमा शिक्षक छनौट गरी व्यवस्थित रुपमा गुणस्तरिय शिक्षा दिने उद्देश्यका साथ चन्द्रपुर नगरपालिकाद्धारा आज पहिलो चरणको स्वयंम सेवक शिक्षकको परिक्षा लिएको हो ।
स्वयंसेवक शिक्षक तथा करार शिक्षक र कर्मचारी छनौट सम्बन्धी कार्यविधि २०८०“ बमोजिम यस नगरपालिकाबाट विनियोजित बजेट अनुरुप शिक्षकहरुको माग गरिएको शिक्षकहरुको परिक्षा आज सम्पन्न भएको बताइएको छ ।
सम्पन्न पहिलो चरणको परिक्षामा माबि तहमा १२ जना, निमाबि तहमा ६८ जना र प्राबि तहमा २ सय १२ जना परिक्षार्थीहरु सहभागी भएको चन्द्रपुर नगरपालिकाका नगर शिक्षा अधिकारी कृष्णप्रसाद सिग्देलले जानकारी दिए । स्वयंम सेवक शिक्षकको लागी चन्द्रपुर नगरपालिकाले माबि, निमाबि र प्राबिका ३०१ जनाको आवेदन स्वकृत भएका थिए । माध्यमिक तहमा १३ जनाको माग गरिएकोमा १२ जनाको मात्र आवेदन स्वकृती भएको थियो जसमा १२ जना नै पहिलो चरणको परिक्षामा समेल भएको उनले बताए ।
निम्न माध्यमिक तहमा २१ जनाको माग गरिएकोमा ७० जनाको आवेदन स्वकृती भएको थियो जसमा ६८ जनाले परिक्षमा सहभागिता जनाएको नगर शिक्षा अधिकारी सिग्देलले भने । प्रथामिक तहमा ३० जना शिक्षकको माग गरिएकोमा २१९ जनाको आवेदन स्वकृती भएको जसमा २ सय १२ जना परिक्षार्थी परिक्षामा सहभागी भएको उनले जानकारी दिए ।
चन्द्रपुर नगरपालिकामा शैक्षिक सुधारमा गुणस्तरियता ल्याउनको लागि यो पहिलो कदम अनुसार नै शिक्षक भर्ना गर्न थालिएको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफलेले बताए । गत साउन ८ गतेको स्वीकृत स्वयंसेवक शिक्षक कोटामा नगर शिक्षा समितिको निर्णयानुसार सो संख्यामा शिक्षक माग गरिएको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख काफलेले बताए ।
शिक्षा क्षेत्रमा बिकाशको लागि बोलेर हैन काम गरेर देखाउने अभियानमा आफु लागेको नगर प्रमुख काफलेले भने । चन्द्रपुर नगर क्षेत्रभरीका बिद्यालयहरुमा शिक्षकको अभाव नहोस भन्ने उद्देश्यबाट नगरपालिका आफलैले शिक्षक भर्ना गर्ने निर्णय गरेको नगर प्रमुख काफलेले स्पष्ट पारे ।
चन्द्रपुर नगर क्षेत्रको शैक्षिक गुणस्तर उकास्नका लागी यो कार्यको थालनी गरिएकोमा आउदो समयमा नगरको शिक्षा क्षेत्रमा देखिने किसिमको परिर्वतन आउने दाबी गरे ।