भारतले दोस्रो टी–२० क्रिकेटमा आयरल्यान्डलाई ३३ रनले हराएको छ । जितका लागि १ सय ८६ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५२ रन मात्रै बनायो ।
आयरल्यान्डका एन्डी बालबिर्नीले ७२ रनको अर्धशतकीय पारी खेले । यस्तै, मार्क एडैरले २३ रन बनाए भने कर्टिस क्याम्फरले १८ र जर्ज डकरेलले १३ जोडे । भारतका जस्प्रित बुमराह, प्रसिद्ध कृष्णा र रवि विश्रोईले समान २–२ विकेट लिए ।
यस्तै, अर्शदीप सिंहले एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८५ रन बनाएको थियो । भारतका लागि ऋतुराज गायकवाडले ५८ रनको अर्धशतकीय पारी खेले ।
यस्तै, सन्जु स्यामसनले ४०, रिंकु सिंहले ३८, शिवम् दुबेले २२ र यशस्वी जयसवालले १८ रन बनाए । आयरल्यान्डका ब्यारी म्याकार्थीले २ विकेट लिए भने मार्क ऐडर, क्रेग योंग र बेन्जामिन ह्वाइटले एक÷एक विकेट लिए । जितसँगै भारतले एक खेल अगावै शृंखला जितेको छ । पहिलो खेलमा भारत दुई रनले विजयी भएको थियो । तेस्रो तथा अन्तिम खेल बुधवार हुनेछ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन