नेपालबाट भारत तर्फ दुई सातामा पौने सात लाख किलो गोलभेंडा निकासी

235 Shares

 

रौतहट, ५ भदौं । भारतमा गोलभेंडाको अभाव भएपछि नेपालले दुई सातामा करिव पौने सात लाख किलोग्राम गोलभेंडा (टमाटर) को भारत तर्फ निकासी भएको छ ।
यो विवरण सरकारी निकायको रेकर्डमा प्रक्रिया पूरा गरेर भएको निर्यातको मात्रै हो । व्यवसायीहरुका अनुसार भन्सार प्रक्रिया पूरा नगरी यो भन्दा धेरै परिमाणको गोलभेंडा भारत निर्यात भइसकेको आशंका गरिएका छन् ।
भारतीय बजारमा गोलभेंडाको मूल्य उच्च भएपछि गत साउन २१ गते भारतले नेपालको गोलभेंडा माथिको प्रतिबन्ध फुकुवा गरेको थियो । त्यसपछि १ भदौ सम्म वीरगञ्ज, काँकडभिट्टा, भैरहवा भन्सार भएर गोलभेंडा निर्यात भएको त्यहाँका भन्सार कार्यालयहरुले जनाएका छन् ।
तीन वटा भन्सार कार्यालयको विवरण हेर्दा १ भदौ सम्ममा ६ लाख ६९ हजार ६८० किलो गोलभेंडा नेपालबाट निर्यात भएको छ । ८० लाख ३६ हजार १६० रुपैयाँ मूल्य बराबरको गोलभेंडा भारत तर्फ निर्यात भएको भन्सारको तथ्याँकले जनाएको छ । भन्सार कार्यालयहरुको विवरणअनुसार नेपालबाट निर्यात भएको गोलभेंडाको औसत निर्यात प्रतिकिलो मूल्य १२ रुपैयाँ रहेको छ ।
वीरगञ्ज भन्सार कार्यालयकाबाट यस अवधिमा सबै भन्दा धेरै गोलभेंडा भारत निकासी भएको भन्सारका सूचना अधिकारी रामचन्द्र शर्मा ढकालले जानकारी दिए । वीरगञ्जबाट ७३ लाख ६९ हजार ४३५ रुपैयाँ बराबरको ६ लाख ३७ हजार ६८० किलो गोलभेंडा निर्यात भएको बताए ।
यसैगरी, मेची भन्सार कार्यालय काँकडभिट्टाबाट २५ हजार किलो गोलभेंडा भारत निर्यात भएको छ । भन्सार प्रमुख रामप्रसाद रेग्मीका अनुसार निकासी भएको गोलभेंडाको मूल्य ३ लाख रुपैयाँ हारारीको छ । भैरहवा भन्सारबाट जम्मा ७ हजार किलो गोलभेंडा भारत निर्यात भएको छ । जसको मूल्य एक् लाख रुपैयाँ हाराहरीको छ । भन्सार प्रमुख मनीराम पौडेलकाअनुसार यो नाका भएर गोलभेंडाको निर्यात भर्खरैबाट सुरु भएको छ ।
वीरगञ्ज र भैरहवाबाट गोलभेंडाको निर्यात नियमित रहेपनि मेची भन्सारबाट भने रोकिएको छ । भारततर्फ नै गोलभेंडाको उत्पादन बढेको र उल्टै भारततर्फबाट गोलभेंडा आयात हुन थालेको भन्सार प्रमुख रेग्मीले बताए ।
भारतमा गोलभेंडाको मूल्य खुद्रामै भारु २ सय रुपैयाँ नाघेपछि नेपालको गोलभेंडाको आयात खुला भएको थियो । त्यस अघि पनि नेपालबाट भारतमा गोलभेंडा लुकीछिपी भारत गइरहेका थिए ।
व्यवसायीहरुका अनुसार सुरुआती समयमा प्रतिकिलो १० रुपैयाँ देखि भारतमा गोलभेंडा निर्यात हुन थालेका थिए । तर, साउन अन्तिमसम्म आउँदा गोलभेंडाको निर्यात मूल्य प्रतिकिलोमै १३० रुपैयाँ नेपाली सम्म रहेको व्यवसायीहरु बताउँछन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।