सर्लाही, ७ भदौं । सर्लाहीको मलंगवा नगरपालिकामा रहेका सुविधा बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षले बचतकर्ताको रकम हिनामिना गरेर फरार भएका छन् ।
बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा सहकारीका चार कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएपनि अध्यक्ष फरार भएका हुन् ।
मलंगवा नगरपालिका वडा नम्वर ८ मा रहेका सुविधा बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको २४ करोड रकम हिनामिना गरेको पाइएको छ । सहकारीबाट ठूलो रकम हिनामिना गरेको आरोपमा सुविधाका प्रबन्धक दीपकलाल अमात्य, खजाञ्ची निर्मल श्रेष्ठ, उमेश अधिकारी र कामेश्वर सिंहलाई प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेका छन् ।
सुविधा बचत तथा ऋण सहकारीका अध्यक्ष ईश्वर गुप्ता फरार भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी नरेशराज सुवेदीले बताए । सहकारीबाट रकम लिनका लागि सञ्चालक समितिलाई जानकारी गराउनु नपर्ने नियम साधारण सभाबाट पास गराएका थिए उनले भने ।
फरार सहकारीका अध्यक्ष गुप्ताको खोजतलास जारी रहेको एसपी सुबेदीले भने । गुप्ता दुई कार्यकाल उद्योग वाणिज्य संघ मलंगवाका अध्यक्ष रहेका थिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन