पाकिस्तान, एजेन्सी । आफ्नी अमेरिकी श्रीमतीको हत्या गरी जमिनमा गाडेको आरोपमा पाकिस्तानमा एक जना पक्राउ परेका छन् । पाकिस्तानको लाहोर सहरमा आफ्नी अमेरिकी श्रीमतीको हत्या गरी जमिनमा गाडेको आरोपमा प्रहरीले कजिम खानलाई पक्राउ गरेको हो । पाकिस्तानको एआरवाई न्यूजले जनाएअनुसार हत्या गरिएकी श्रीमतीको शव गाड्दै गरेको अवस्थामा उनलाई फ्याक्ट्री क्षेत्रमा रहेको समाधिस्थलबाट पक्राउ गरिएको हो ।अमेरिकी नागरिकलाई चरम यातना दिइएको सूचनाका आधारमा अनुसन्धान गर्दा घटनाको वास्तविकता सार्वजनिक भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । प्रहरीले उनको साथबाट हत्या गर्न प्रयोग भएको हतियारसमेत बरामद गरेको छ । पाकिस्तानमा महिलाको हत्याका घटना बढिरहेको बताइएको छ । एएनआईका अनुसार सन् २०२१ को डिसेम्बर महिनामा पनि अमेरिकी नागरिक वाजिहा स्वातीको हत्या गरेको आरोपमा उनका पाकिस्तानी श्रीमान् रिजवान हबिबलाई पक्राउ गरिएको थियो । अनुसन्धानका क्रममा हबिबले सम्पत्तिको निहुँमा आफ्नी श्रीमतीको हत्या गरेको स्वीकार गरेका थिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन