56
Shares
पाकिस्तानमा यात्रुबाहक भ्यान दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । पाकिस्तानको मनसेरामा भ्यान अनियन्त्रित भई खाडलमा खस्दा दुई महिलासहित ६ जनाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार दुर्घटनामा परी पाँच जना घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको छ । सञ्चारमाध्यमका अनुसार मानसेराका जिल्ला आपतकालीन अधिकारीले भ्यान बट्टग्रामबाट मानसेरातर्फ गइरहेको अवस्थामा दुर्घटना भएको बताए । सो क्रममा चालकले गाडीको नियन्त्रण गुमाए पछि भ्यान खाडलमा खसेको थियो । सो भ्यानमा १३ जना सवार रहेको बताइएको छ । दुर्घटना लगत्तै उद्धार टोलीले घटनास्थलमा पुगेर शव र घाइतेलाई खाल्डोबाट बाहिर निकालेको थियो ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट