बरहथवा (सर्लाही), १० भदौं । स्नातक तह समाजशास्त्रको दोश्रो बर्षको संचालित परिक्षाको अन्तिम दिन आइतवार सुभ जनता बहुमुखी क्याम्पस बरहथवाबाट एक जना नक्कली परिक्षार्थी पक्राउ परेका छन् ।
चर्तुभुजेश्वर बहुमुखी क्याम्पस सुखेपोखरी हरिवनमा अनेरास्ववियु क्रान्तिकारीबाट स्वतन्त्र विद्यार्थी युनियनका सभापति प्रेम दहालको स्थानमा नक्कली परिक्षार्थी भएर परिक्षा दिइरहेका विष्णुकमार श्रेष्ठलाई पक्राउ गरिएका हुन् ।
चर्तुभुजेश्वर बहुमुखी क्याम्पस सुखे पोखरीको परिक्षा केन्द्र सुभ जनता बहुमुखी क्याम्पस बरहथवामा कायम गरिएका थिए । आज स्नातक तह समाजशास्त्र अन्तर्गत दोश्रो बर्षको अन्तिम दिनको रिसर्च मेथड इन सुसोलोजीको परिक्षामा स्ववियु सभापति दहालले नक्कली परिक्षार्थीको रुपमा श्रेष्ठलाई राखेको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बरहथवाको प्रहरी नायव उपरिक्षक लिलानाथ लामिछाने परिक्षा केन्द्रमा पुगेर नक्कली परिक्षार्थीलाई पक्राउ गरिएको बताइएको छ ।
प्रहरी नायव उपरिक्षक लामिछानेका अनुसार पक्राउ परेका नक्कली परिक्षार्थी श्रेष्ठलाई प्रहरी नियन्त्रणमा राखेर आवश्यक अनुसन्धान भईरहेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन