एथेन्स, एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ग्रीस भ्रमणको क्रममा द्विपक्षीय ब्यापारलाई दोब्बरले बनाउने सहमती भएको छ ।
भारत र ग्रीसबीच सन् २०३० सम्म द्विपक्षीय व्यापारलाई दोब्बरले वृद्धि गर्ने विषयमा सहमति भएको हो । ग्रीस भ्रमणका क्रममा यसबारे सहमति भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनाएका छन् ।
भारतीय समाचार संस्था एएनआईका अनुसार द्विपक्षीय सम्बन्धलाई रणनीतिक स्तरमा विकास गर्ने विषयमा पनि दुई मुलुक सहमत भएको जनाएका छन् ।
ग्रीस भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले ग्रीसका समकक्षी क्रियाकोस मित्सोताकिस सँग छलफल भएको थियो । छलफलका क्रममा दुबै मुलुकका नेताले द्विपक्षीय सम्बन्धलाई थप विस्तार गर्ने विषयमा चर्चा गरे ।
दुई नेताबीच रक्षा, पारवहन, विज्ञान, प्रविधि, साइबर क्षेत्र, शिक्षा, पर्यटन, संस्कृति, कृषिजस्ता क्षेत्रमा सहयोग आदान प्रदान गर्ने विषयमा छलफल भएको एएनआईले जनाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन