नयाँ दिल्ली, एजेन्सी । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन संग चन्द्रमा बाहेक अन्य ग्रह सम्म पुग्ने भारत सक्षम रहेको बताइएको छ ।
भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) का अध्यक्ष एस सोमनाथनले चन्द्रमा, मङ्गल र शुक्र ग्रहको यात्रा गर्न भारत सक्षम रहेको बताएको हो । भारतको दक्षिणी राज्य केरलाको तिरुवनन्तपुरममा पत्रकारहरूसँग कुरा गर्दै उनले भारत सँग जुनसुकै ग्रहमा पुग्न सक्ने रहेको बताए ।
इसरोका वैज्ञानिकको आत्मविश्वास बढाउन आवश्यक भएको उल्लेख गर्दै उनले प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्तुत गरेको लक्ष्य पूरा गर्न इसरो तयार रहेको बताए । “हामीलाई थप लगानीको खाँचो छ, अन्तरिक्ष क्षेत्रको विकास गर्नुपर्छ र यसबाट सिङ्गो राष्ट्रको विकास हुन्छ, त्यो हाम्रो लक्ष्य हो,” उनले भने ।

यसअघि शनिबार नै प्रधानमन्त्री नरेन्द्र मोदी अर्को दक्षिणी राज्य कर्णाटकको बेङ्गलोरमा रहेको इसरोको मुख्यालयमा पुग्दा उनलाई भव्य स्वागत गरिएको थियो । उनले तेस्रो चन्द्रयान अभियानमा संलग्न इसरोका महिला वैज्ञानिकका साथै अन्य वैज्ञानिकहरूको टोलीलाई भेटेर अबदेखि हरेक वर्ष अगस्ट २३ लाई राष्ट्रिय अन्तरिक्ष दिवसको रूपमा मनाइने घोषणा गरेका थिए ।
गत बुधबार साँझ चन्द्रमाको दक्षिण ध्रुवमा चन्द्रयान–३ सफलतापूर्वक अवतरण भएको थियो । यससँगै चद्रमाको दक्षिणी ध्रुवमा यान अवतरण गराउने भारत पहिलो देश बनेको छ । एएनआई ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट