एसिया कप २०२३ मा हेर्ने लायक खेलाडीको सूचीमा गुल्सन झा

74 Shares
पाकिस्तानको मुल्तान क्रिकेट स्टेडियममा ३० अगष्ट अर्थात भोली बुधवार देखि एसिया कप २०२३ को उदघाटन खेल नव प्रवेशी नेपाल र पाकिस्तान बीच प्रतिष्पर्धा हुने छ ।
पाकिस्तान संग प्रतिष्पर्धात्मक खेलबाटै नेपालले एसिया कपमा डेब्यु गर्दैछ । एसिया कप सुरु हुनुअघि अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले प्रतियोगिता हेर्न लायक ६ खेलाडीको सूची तयार पारेको छ । जसमा एसिया कप खेल्ने ६ वटै देशको एक–एक खेलाडीलाई समावेश गरेको छ ।
बाबर आजम, जसप्रित बुमराह, रासिद खान जस्ता विश्व चर्चित खेलाडी समावेश सुचीमा नेपालबाट फास्ट बलिङ अलराउण्डर गुल्सन झाको नाम समावेश गरिएको छ ।
गुल्सन झा ओडीआईको अलराउण्डर वरीयतामा १०५औं स्थानमा रहेका छन् ।
१७ वर्षीय गुल्सनले आईसीसी क्रिकेट विश्वकप क्वालिफायरमा ब्याट र बल दुवैमा उत्कृष्ट प्रदर्शन गरेका थिए । त्यसैले आईसीसीले मुख्य प्रतियोगितामा गुल्सनलाई कमजोर आँक्न नहुने उल्लेख गरेको छ । गुल्सनको प्राकृतिक गेम भनेको अट्याकिङ खेल्नु हो ।
विश्वकप छनोटको अन्तिम खेलमा उनले आयरल्याण्ड विरुद्ध छिटो अर्धशतक प्रहार गरेका थिए । जसले उनले लोअर अर्डरमा पनि रन बनाउन सक्छन् भन्ने प्रमाणित गरेको थियो ।
गुल्सनलाई विपक्षी इनिंगको मिडल ओभरमा रनरेट कम गर्नका लागि प्रयोग गरिने छ । दायाँ हाते फास्टर बलर गुल्सनले प्राय खेलमा एक वा दुई विकेट लिइरहेका हुन्छन् र एसिया कपमा चम्कन सक्ने ठूलो प्रतिभा भएको खेलाडीको रुपमा हेरिएको छ ।
नेपाल रहेको समूह ए बाट भारतका जसप्रित बुमराह र पाकिस्तानका कप्तान बाबर अजामलाई हेर्न लायक खेलाडीको रुपमा राखिएको छ । ओडीआई वरीयताको नम्बर वान ब्याटर २८ वर्षीय बाबर अहिले उत्कृष्ट लयमा रहेका छन् । उनले ओडीआईमा १८ शतक प्रहार गरिसकेका छन् र त्यसमा अझ थपेमा कुनै आश्चर्य नमान्दा हुन्छ । अफगानिस्तान विरुद्ध पछिल्लो दुई खेलमा उनले अर्धशतक प्रहार गरेका थिए ।
ओडीआई बलरको ३२ औं वरीयतामा रहेका बुमराह चोटबाट रिकभर हुँदै केही समय अघि मात्रै मैदान फर्किएका थिए । उनले आयरल्याण्ड विरुद्ध टी २० सिरिजमा भारतको कप्तानी गरेका थिए ।
२९ वर्षीय बुमराहबाट एसिया कपमा ठूलो अपेक्षा गरिएको छ । अर्को समूहमा रहेका मध्ये अफगानिस्तानबाट रासिद खान, श्रीलंकाबाट महिश थिक्सना र बंगलादेशबाट तस्किन अहमद हेर्न लायक खेलाडीमा छन् ।
ओडीआईमा विश्व नम्बर चार वरीयतामा रहेका रासिद खान विश्वमै उत्कृष्ट स्पीनरको रुपमा छन् । एसिया कपमा अफगानिस्तानको प्रदर्शन धेरै हदसम्म रासिदमै निर्भर हुन सक्छ ।
ओडीआई बलरमा २० औं वरीयतामा रहेका श्रीलंकन थिक्सनाले विश्वकप छनोटमा २१ विकेट लिएका थिए । स्टार स्पीनर वानिन्दु हसरंगाको फिटनेस चिन्ता रहेकोले २३ वर्षीय थिक्सनामा अझ दबाब थपिन सक्छ । बंगलादेशी फास्ट बलर तस्किन अहमद ओडीआई वरीयतामा ४४ औं स्थानमा छन् ।
एबादोत हुसेन चोटका कारण एसिया कपबाट बाहिरिएपछि फास्ट बलिङको जिम्मेवारी तस्किनको काँधमा छ । पछिल्लो लयका आधारमा तस्किनले बंगलादेशका लागि आवश्यक परेका बेला चुनौतीलाई पूरा गर्ने सक्छन् भन्ने विश्वास छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।