मुल्तान (पाकिस्तान), १३ भदौं । एसिया कप २०२३ को पहिलो खेलमा पाकिस्तानले टस जितेर पहिलो ब्याटिंग गर्ने निर्णय गरेको छ ।
नेपालले पाकिस्तानविरूद्ध पहिले बलिङ गर्ने भएको हो । पाकिस्तानले टस जितेर ब्याटिंग रोजेपछि नेपालले पहिले बलिङ गर्ने अवसर पाएका छन् ।
पाकिस्तान टिम ः बाबर अजाम (कप्तान), शादाब खान (उपकप्तान), फखर जमान, इमाम–उल–हक, सलमान अली आगा, इफ्तिखर अहमद, मोहम्मद रिजवान, मोहम्मद नवाज, हरिस रउफ, नसीम शाह, शाहीन अफ्रिदी
अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २७ वर्षपछि नेपालले पाकिस्तान र भारतसँग पहिलोपटक प्रतिस्पर्धा गर्दैछ ।
पाकिस्तान हाल आइसिसी वरीयताको नम्बर एक टिम हो । पाकिस्तानी टिममा विश्व ब्याट्सम्यान वरीयताको शीर्ष स्थानमा रहेका बाबर अजाम छन् ।
पाकिस्तानका कप्तानसमेत रहेका बाबर विरुद्ध नेपाली बलरले बलिङ गर्नु चुनौतीपूर्ण हुनेछ । यस्तै वरीयताको तेस्रो नम्बरमा रहेका इमाम उल हक र पाँचौ नम्बरमा रहेका फखर जमान पनि पाकिस्तानका मुख्य ब्याटर हुन् ।
नेपाल टिमलाई पाकिस्तान विरुद्धको खेलमा विजय भवः को शुभकामना तराई टप अनलाईन दिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन