डा. गोविन्द केसीको समर्थनमा वीरगञ्जको घण्टाघरमा प्रदर्शन

453 Shares

वीरगञ्ज, २१ असोज । स्वास्थ्य र शिक्षा क्षेत्रमा आमूल सुधार लगायतका मागहरु राख्दै १९ औं पटक अनसनमा बसेका प्राध्यापक डाक्टर गोविन्द केसीको जीवन रक्षाको लागि वीरगञ्जमा बुधवार प्रदर्शन गरिएको छ ।
पर्साको बौद्धिक वर्ग, स्वास्थ्यकर्मी, अधिकारकर्मी र विभिन्न सामाजिक संघ र राजनीतिक दलमा आवद्ध व्यक्तिहरुले आज वीरगञ्जको घण्टाघर चोकमा शान्तिपूर्ण प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागीहरुले डाक्टर केसीले उठाएका सम्पूर्ण मुद्दाहरुलाई राज्यले छिटोभन्दा छिटो सम्बोधन गर्नुपर्ने माग राखेका थिए । उनीहरुले विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर नाराबाजी समेत गरेका थिए ।
प्रदर्शनमा सहभागी जसपाका युवा नेता ओम प्रकाश सर्राफले डाक्टर केसीको जायज माग पूरा गर्न सरकारलाई दबाव दिने उद्देश्यले प्रदर्शन गरिएको बताए ।
उनले आम गरिब जनताका छोराछोरीहरु पनि डाक्टर बन्न सकुन्, उपत्यका बाहिर पनि सरकारी मेडिकल कलेज खुलोस् भन्ने विभिन्न मुद्दाहरुलाई लिएर डाक्टर केसी १९ औं पटक अनशनमा रहेकोमा सबै सरोकारवाला निकायको एक्यबद्धता आवश्यक रहेको बताए ।
प्रदर्शनमा वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाई, चिकित्सक डा. उदय नारायण सिंह, जसपाकी नेतृ मोनिका सिंह, सामाजिक अभियन्ता प्रकाश थारु, शिवनाथ यादव, प्राध्यापक डा. प्रमोद कुश्वाह, युवा अभियन्ता ज्योति साहलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।