रौतहट, १७ भदौं । ९ बर्षिया बालिकालाई अपहरण गरेको आरोपमा रौतहट प्रहरीले दुई जनालाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ ।
रौतहट जिल्लाको माधवनारायण नगरपालिका वडा नम्वर ५ बस्ने अबधेशकुमार महतोको ९ बर्षिया छोरी खुश्बु कुमारी महतोलाई गत १४ गते साँझ घर छेउबाटै हराएपछि निजका घरपरिवारका सदस्यहरुले निकै खोजतलास गर्दै जाँदा छिमेकीले नै अपहरण गरेको खुल्न आएपछि शुक्रवार साँझ इलाका प्रहरी कार्यालयलाई जानकारी गराएका थिए ।
गाउँलेद्धारा नै बालिका अपहरण गरिएको थाहा भएपछि तिनीहरुमाथि दवाव बनाउदा शनिवार विहान ५ बजेको समयमा बोरामा बाधिएको अवस्थामा खुश्बु फेला परेको निजको बुवा अबधेशकुमार महतोले बताए । छोरीलाई छिमेकी रंजित साह र नरेश साहले अपहरण गरेर विक्री गर्नका लागि भारत पुर्याएका थिए । दुई जना व्यक्तिले अपहरण गरेर लगेको कुरा खुलेपछि ति परिवार माथि दवाव बनाउदा भोली पल्टै गाउँ छेउमा ल्याएर छाडेपको उनले भने ।
प्रहरीलाई नाम सहित भनेपनि तिनिहरुलाई समात्न ढिलासुस्ती गरेपछि आक्रोशित गाउँलेहरु गौर चन्द्रपुर सडक खण्डमा शनिवार विहानै दुई घण्टा चक्का जाम गर्दा प्रहरीले दुबै आरोपितलाई नियन्त्रणमा लिएपछि मात्रै बाटो जाम खुलेको थियो । छोरीलाई नशाको सिउ दिएर यहाँबाट लगेको पिडिताको बुवा महतोले बताए ।
दुबै आरोपित विरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दामा कारवाही गर्न जाहेरी इलाका प्रहरी कार्यालय गरुडामा दिइसकेको उनले भने ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी विरबहादुर बुढा मगरले दुई जनालाई नियन्त्रणमा राखेर आवश्यक अनुसन्धान भईरहेको तथा बालिकाको स्वास्थ्य परिक्षण लगायतको काम भईरहेको बताए । जाहेरी पिडित पक्षबाट आएपनि प्रहरी अनुसन्धान भईरहदा अहिले नै दोषि छ भन्न नमिल्ने यदी दोषि ठहरिएमा कानुन बमोजिम कारवाही हुन स्पष्ट पारे ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन