चुरे क्षेत्रमा अबैध ढुंगा संकलन, स्टक परिक्षण नगराई भण्डारण गरिएका खोलाजन्य विक्री वितरण, सम्बध निकाय मौन

77 Shares

रौतहट, १९ भदौं । रौतहट जिल्लाको प्रमुख नदीबाट निकालिएको खोलाजन्य बस्तुको भण्डारण गरिएपनि सम्बध निकायद्वारा स्टक परिक्षण नै नगराई धमाधम विक्री वितरण गर्दै आएका छन् ।
त्यती मात्रै नभई पुर्व पश्चिम राजमार्ग भन्दा उत्तरी क्षेत्रमा रहेका चरे पहाडको फेदीबाट ठूलठूला ढुंगाहरु संकलन गरेर चाँग लगाउने कार्य अबैध रुपमा भएको छ तर त्यसलाई रोकथाम एवं चाँग लगाउने व्यक्तिहरुलाई सम्बध निकायले कारवाहीको प्रक्रियामा नजाँदा कतै सम्बध निकायको मिलोमतोमा यस्ता गैर कानुनी कार्यले प्रश्रय पाएको त होइन् भने सर्वसधारणहरुले यतिखेर प्रश्न चिन्ह खडा गरेका हुन् ।
चन्द्रपुर नगरपालिका वडा नम्बर ३ गैँडाटार स्थित चुरे फेदीमा रहेका चाँदी नदी किनारमा ढुंगा थुपार्दे तस्करीको धन्धा संचालन गरिदै आएका छन् । नदी या खोलाबाट ढुंगा अवैध रुपमा निकासी गरी अनाधिकृत रुपमा निषेधित क्षेत्रबाट केही ढुंगाको कारोवारीहरु आर्थिक लाभ उठाइरहेको पाइएका हुन् ।
चुरे क्षेत्रबाट दैनिक दर्जन ट्रेक्टरमा ढुंगा चोरी निकासी हुँदा राष्ट्रपति चुरे संरक्षण कार्यक्रमलाई प्रभावित हुँदै गएको आरोप त्यहीका बासिन्दाहरुले लगाएको छ । राष्ट्रपति चुरे सरक्षण कार्यक्रम सञ्चालन रहेको क्षेत्रमा ढुंगा तस्करी भने रोकिएको छैनन्, उक्त कार्यमा सबै सम्बध निकायहरुको आन्तरिक साँझ गाँठ रहेको श्रोतले बताए ।
चुरे क्षेत्रबाट यस्ता ढुंगा संकलन गर्न कार्यमा सक्रिय रहेका व्यक्तिहरुले सर्वसधारणहरुलाई कहि कतै बोल्यो भने परिणाम राम्रो नहुने धम्की दिने गर्दा लागेका कारण ढुंगा तस्करी अहिले तिव्र गतिमा बढेको ति श्रोतले बतायो ।
वन उपभोक्ता समिति, डिभिजन वन, स्थानीय तह लगायतका सरोकारवाला निकायले चासो नदिँदा ढुंगा तस्करी बढेको स्थानीयको आरोप छ । जिल्लाको धन्सर खोलादेखि बागमती सम्म करिब ३० किलोमिटर चुरे क्षेत्रमा २०६७ सालदेखि चुरे संरक्षण कार्यक्रम संचालनमा छ । यसरी ढुंगा तस्करी गर्ने ट्रेक्टर मकवानपुर र रौतहटका रहेको पाइएका छन् ।
यसैगरी रौतहटको वृन्दावन, चन्द्रपुर लगायतका विभिन्न स्थानमा संचालनमा रहेका क्रशर उद्योगहरुले असार अगावै खोलाजन्य बस्तुहरुको भण्डारण गरी अहिले विना अनुमतीको विक्री वितरण गर्दै आएको आरोप समेत लागेको छ । भण्डारण गरिएका मालबस्तुहरुको जिल्ला अनुगमन समितिबाट स्कट मूल्याँकन गराएर मात्रै विक्री वितरण गर्ने प्रावधान रहेपनि भदौंको तेश्रो साता वित्न लाग्दा समेत स्टक परिक्षण नहुनुको पछि कतै आर्थिक चलखेल त होइन स्थानीयले सम्बध निकाय तर्फ प्रश्न चिन्ह खडा गरेका छन् ।
गत साता यसैविषयलाई लिएर टेलिभिजनका पत्रकार राकेश यादव वृन्दावनको शिवम क्रशर उद्योगमा रिर्पोटिंगको शिलशिलामा पुग्दा त्यहाँ परिचालित लठैतहरुले हातपात गर्दै क्यामरा तोडफोड समेत गरिए तर अबैध रुपमा विक्री वितरण भईरहेका क्रशर उद्योगलाई कारवाहीको कुनै प्रक्रिया अगाडी बढेन ।
चुरे क्षेत्रमा भईरहेको अबैध संकलन कार्यलाई नियन्त्रण गर्न डिभिजन वन कार्यालय, इलाका प्रहरी कार्यालय चन्द्रपुर र स्थानीय तहले खासै ध्यान दिएको छैनन् । त्यस्तै जिल्ला अनुगमन समितिको संयोजकमा जिल्ला समन्वय समितिका प्रमुख, प्रजिअ, नेपाल प्रहरी र सशस्त्र प्रहरीका एसपी सहित सम्बध पालिकाको प्रमुख रहेको तर ढुंगा संकलन र विक्री वितरण भईरहदा पनि सम्बध निकायहरुको ध्यान नजानु निकै विडम्बना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।