रौतहट, २० भदौ । रौतहटको भारत संग जोडिएका ३२ किलोमिटर सीमानाकाबाट राजस्व छलेर मालसामानहरु भित्रिने कार्य रोकिन सकेको छैनन् ।
सीमापारी भारतीयबाट नेपाल भित्रयाइने सामाहरु राजस्व छलेर ल्याउने कार्य रोकिएका छैनन् उक्त कार्यलाई व्यवस्थित बनाउन सीमामा रहेका विभिन्न सुरक्षा युनिटहरुको सेटिंगमा निरन्तरता पाएका हुन् ।
बंकुल, नरकटिया, लतमरी, लौतना, महुलिया, औरैया, बन्जरहा, महादेवपटी, लक्ष्मिपुर बेलविछवा, ब्रम्हपुरी नाका भएर दिनहुँ लाखौं लाख मूल्य बराबरको लत्ताकपडा, किराना सामान, हार्डवेयर, विडी बनाउने सुख्खा, कुखुरा, चल्ला, खैनी, लगायतका विभिन्न सामानहरु निर्वाध रुपमा आइरहेका छन् ।
उक्त अबैध कारोवार गर्ने रामपुर खापका वर्कत मिया, सागिर मियाले कपडा हार्डवेयर र सुख्खा ल्याउने गरेको छ । हरिकिसुन यादव, किसुन यादव भन्ने चतराले कपडा मौलापुर भएर, लखिन्द्र साह र नवल साह खैनी, अर्जुन सिंह कुखुरा, राजपुरको मुस्तुफा कपडा र चप्पल, मोतिम मिया कुखुरा, चल्ला नरकटिया भएर, निरज सिंह लक्ष्मिपुर ब्रम्हपुरी भएर भारतमा रक्सी, सुरेश यादव खाद्यान्न सामग्री नेपालबाट भारत तथा कपडा ल्याउने गरेको श्रोतले बताए ।
अबैध कारोवार गर्नेहरुलाई रामपुर खाप स्थित सुरक्षा वसले महिनावारी लिएर लाइन दिएको श्रोतले दाबी गर्दै सरमुजवा र औरैयाको अवस्था त्यस्तै रहेको छ ।
यी कारोवारहरु गौरको मुख्य नाका बाहेक पूर्व र पश्चिममा ठूलठूला लाइनहरु संचालनमा रहेको पाइन्छ तर गौरको मुख्य नाका भएर सर्वसाधारणहरु १ दखि ५ किलोग्राम सम्म ल्याउदा समातेर भन्सार कटाउनु पर्ने बाध्यता रहेपनि महिनाबारी बुझाउने कारोवारीहरु निर्धक्कका साथ जाने आउने गरेको हुँदा गौर नाकामा सर्वधारणलाई सास्ती तस्करलाई मस्ती भएको श्रोतले दाबी गरे ।
लक्ष्मिपुर नाका भएर दैनिक कपडाहरु भित्रिदै आएको भएपनि त्यसलाई रोकथाम गर्न एवं ति कारोवारलाई नियन्त्रणमा लिन सकिएको छैनन् ति श्रोतको दाबी छ ।
गौर नाका भएर भारतीय महिला किरनिया, सात सहेलिया, राधेश्याम साह, अमरेन्द्र जयसवाल (मौलापुर) सहित दर्जनौं कारोवारीहरु खाद्यान्न, किराना सामान, विस्कुट, चप्पल, लगायतका सामानहरु निर्वाध रुपमा ल्याउने गरेको तर आम मानिस पाँच किलो आलुप्याज पनि ल्याउदा भन्सार तिरेर जानुपर्ने बाध्यता रहेको स्थानीयले सिमामा तैनाथ सुरक्षाकर्मीहरु माथि गम्भीर प्रश्न चिन्ह खडा गरेका छन् ।
दैनिक रुपमा लाखौं लाखको राजस्व चुहावट भईरहेको अवस्थामा समबध निकाय अनभिज्ञता प्रकट गरे ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन