सर्लाही, २० भदौं । चोरीको मोटरसाइकल सहित तिन जना युवकलाई सर्लाही प्रहरीले पक्राउ गरी आवश्यक कारवाही सुरु गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बरहथवाका अनुसार सर्लाहीको धनकौल गाउँपालिका ४ स्थित इप्रका हरकठवाबाट खटिएको प्रहरी टोलील सोमवार राति चेकजाँच गर्ने क्रममा धनकौल गापा ३ का गगनदेव रायको २२ बर्षिय छोरा निरन्जन रायल चोरी गरी चलाइरहेका मधेश प्रदेश ३ ३–०२४ प. ८९०४ नं.को कालो रंगको स्पलेण्डर मोटरसाईकल सहित नियन्त्रणमा लिई मोटरसाइकल चोरी शिर्षकमा मुद्दा दर्ता गरेर जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भईरहेको हो ।
यसैगरी मंगलवार मध्य राति बरहथवा नगरपालिका ७ स्थित प्रहरी टोलीले नम्वर प्लेट नभएको तिव्र गतिमा आउदै गरेको कालो रंगको २२० सिसिको पल्सर मोटरसाइकल रोकेर चेकजाँच गर्दा बरहथवा नगरपालिका ७ विजय यादवको २६ को मुना यादव र पछाडी सवार तपेश्वर महतोको ३५ छोरा हरिलाल महतोलाई नियन्त्रणमा लिई मोटरसाइकल चोरी शिर्षकमा ५ दिनको म्याद थप गराएर कारवाह प्रक्रिया अगाडी बढाइएको इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन