सर्लाही, २० भदौं । सर्लाहीको भारत संग सीमा जोडिएका ब्रम्हपुरी गाउँपालिकाको त्रिभुवननगरमा बुधवार दिउसो घाँस काटिरहेको महिलाको कानको गहना लुटिएको छ ।
ब्रम्हपुरी गाउँपालिका वडा नम्वर ४, त्रिभुवननगरका कैलाश राय यादवको ६० बर्षिया श्रीमती सुमित्रा देवी राय कानमा लगाएको सुनको गहना आज दिउसा साढे १२ बजेको समयमा लुटिएको हो ।
गाउँभन्दा उत्तर–पूर्वमा पर्ने बलुवा भन्ने चौरीमा घाँस काट्न गएका बेला एक जना अपरिचित व्यक्तिले कानमा लगाएको सुन लुटेर लगेका छन् । सुन खोस्ने क्रममा सुमित्रा देवीको कान काटिएको छ भने टाउकोमा समेत ६ इन्च लामो र २ इन्च चौडा घाँउ लागेको छ ।
महिलालाई घाँस काटेकै ठाउँमा स्थानीयले अचेत अवस्थामा फेला पारेका थिए । उनलाई प्रादेशिक अस्पताल मलंगवामा सामान्य उपचार पछि थप उपचारका लागि वीरगन्ज लगिएको सर्लही प्रहरीका प्रवक्ता डीएसपी दीपेन्द्र पन्जियार थारुले जानकारी दिदै घटनाको अनुसन्धान सुरु गरी सुन लुटेर फरार रहेका व्यक्तिको खोजी भइÞरहेको बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन